६ जेष्ठ २०८१, आईतवार

हामी पनि नाच्नु पर्छ बीच बीचमा भन्दै जव वैजनाथमा नाचे दुर्गेस थापा……..
  • न्युज मानसराेवर

बाँके,बैजनाथ : प्रथम बैजनाथ महोत्सवलाई गायक तथा मोडल दुर्गेस थापा तत्ताएका छन् । उक्त महोत्सवमा आएका थापाको प्रस्तुतीले महोत्सवको माहोल तातेको हो । उनले एकपछि अर्को गरेर आफ्ना चर्चित गितहरू प्रस्तुत गरेका थिए ।

सार्वजनिक बिदाका कारण शनिबार दर्शकको घुइँचो नै लागेको थियो । उनले ‘भन भन भाई हो राम्ररी भन, बोलको गितबाट सुरूवात गर्दै दर्शकलाई मनोरञ्जन दिए । यस्तै  बम बम भोले भोले, हामी पनि नाच्नु पर्छ बीच बीचमा जस्ता गीतहरु प्रस्तुत गरे ।

घरेलु तथा साना उद्योग महासंघ बैजनाथ कार्यसमितिको आयोजनामा बैजनाथ गाउँपालिका ५ न्यु सिटीस्थित खुल्ला मैदानमा यही माघ १० गतेबाट महोत्सव सुरु भएको थियो । महोत्सवमा शनिबार नै गायक दुर्गेस थापासहित कुलेन्द्र बिश्वकर्मा र कलाकार वविता धिताल, फायर म्यान सरोज खनाल लगायतको प्रस्तुती रहेको आयोजकले जनाएको छ ।

 

  • २१ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech