६ जेष्ठ २०८१, आईतवार

मेनुका पौडेल इन्डियन आइडलबाट आउट
  • न्युज मानसराेवर

काठमाडौं : भारतको चर्चित रियालिटी शो इन्डियन आइडलबाट नेपाली गायिका मेनुका पौडेल आउट भएकी छिन् । शनिबार आफ्नो प्रस्तुतिका क्रममा बिचमै गीतको बोल बिर्सिएर संकटमा परेकी पौडेल आज दर्शकले दिएको भोटका आधारमा सबैभन्दा कम भोट पाउँदै टप १० बाट बिदा भएकी हुन् ।

यद्यपी शनिबारको प्रस्तुतिका क्रममा गीतको बोल बिर्सिएपछि निर्णायकहरुले पनि पटक पटक यस्तो गल्ती क्षम्य नहुने चेतावनी दिएका थिए । उनीहरुले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक रहेकाले विशेष सावधानी अपनाउन र अरु गायक गायिकालाई अन्याय हुन दिन नहुने बताएका थिए ।

प्रतियोगितामा विशेष खुवीका साथ गायन प्रस्तुत गर्दै आएकी पौडेलको गायकी निकै सुन्दर रहेको भन्दै सर्वत्र प्रशंसा हुँदै आएको थियो । तर यसपटक उनलाई भाग्यले साथ दिएन । उनले यसअघि भारतीय चलचित्र सलारमा गीत गाएर प्रभाव छाडिसकेकी छिन् ।

  • २२ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech