२४ बैशाख २०८१, सोमबार

एलिना चौहानले गाएको गीत ‘कट्टा हान्दिन्छु’ विवादमा
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:एलिना चौहानले गाएको गीत ‘कट्टा हान्दिन्छु’ विवादमा परेको छ । गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत ‘कट्टा हानिदिन्छु’ बाट हुबहु चोरिएको बताएका छन् ।

कार्कीले उक्त गीत आफूले एक वर्ष अगाडि नै  रेकर्ड गराएको र अडियो पनि सार्वजनिक पनि भएको बताएका छन् । अडियो पहिल्यै नै सार्वजनिक भए पनि भिडियो भने निकाल्न ढिला भएको उनको भनाइ छ । आफ्नो गीतमा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु । धेरै बढी बोलिस् भने कट्टा हानिदिन्छु भन्ने भएको साथै एलिनाको गीतमा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु । धेरै बढी बोलिस् भने मायामा कट्टा हानिदिन्छु भन्ने रहेको र गीतमा मायामा मात्र थपिएको र अन्य सबै उस्तै भएको उनको दाबी छ ।

एलिनाको स्वर रहेको ‘कट्टा हान्दिन्छु’ गीतको भिडिओ ओबी रायमाझी युट्युब अकाउन्टमार्फत सार्वजनिक भएको हो । यस गीतको भिडियोमा रायमाझीले समेत खेलेका छन् । उक्त गीतसँग संयोगले मिले पनि आफूहरुले गीत नचोरेको रायमाझीको दाबी छ ।

  • २३ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech