१२ श्रावण २०८१, शनिबार

न्यू जर्नीलाई प्रदेश सभा सदस्य कप फूटबलको उपाधी
  • न्युज मानसराेवर

बैजनाथ बाँके: बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ विकासनगरमा माघ १५ देखि सुरु भएको प्रदेशसभा सदस्य फुटबल प्रतियोगिताको उपाधी न्यू जर्नी क्लब बैजनाथ ६ लालपुरले जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा न्यू आदर्श युबा क्लब बैजनाथ २ डिगियालाई शुन्यका विरुद्ध ३ गोलको अन्तरले न्यु जर्नी बिजयी हुँदै ५१ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । दोश्रो हुने न्यु आदर्शले ३१ हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । बिजयी खेलाडी तथा टोलिलाई लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्री,एमाले नेता घननाथ खनाल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

प्रतियोगितामा न्यू जर्नीका दिलबहादुर डागी सर्बोउत्कृष्ट खेलाडी, सुदिप वली उत्कृष्ट रक्षक, खिमप्रसाद बुढाथोकी उत्कृष्ट मिड फिल्डर, अर्जुन सुनार सर्बाधिक गोलकर्ता घोषित भए । यसैगरी न्यु आदर्शका पदम शाही उत्कृष्ट गोलकिपर,बनियाभार युथका पल परियार युवा खेलाडी र अनुशाशीत खेलाडीमा चौधरी युवा क्लबका अर्चन थारु घोषित भए ।

बाँके क्षेत्र नम्बर ३९१० बाट निर्वाचित लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीको उत्प्रेरणामा बानियाभार स्मार्ट युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा विभिन्न १९ क्लवको सहभागिता रहेको थियो । फुटबल प्रतियोगितासँगै उद्घाटनमा माघी मिलन कार्यक्रम समेत गरिएको थियो ।

  • २४ माघ २०८०, बुधबार प्रकाशित

  • Nabintech