२५ बैशाख २०८१, मंगलवार

सकियो प्रथम बैजनाथ महोत्सव
  • न्युज मानसराेवर

बैजनाथ,बाँके  : ‘प्रथम बैजनाथ तथा छैठौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एंव प्रर्यटन महोत्सव-२०८०’ समापन भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथ समिति बाँकेले पहिलो पटक यही माघ १० गतेबाट सञ्चालन गरेको थियो ।

महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुने भनिएकोमा दुई दिन थप गरी मंगलबार समापन भएको हो । महोत्सव समापन गर्दै प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले मेला, महोत्सवले सुस्ताएको व्यापार, व्यवसायमा थोरै भएपनि चहल पहल बढाएको बताए । यसले स्थानीय ब्यापार, ब्यवसायमा थप उर्जा ल्याएको उनको भनाई छ ।

साना घरेलु व्यवसायी, उद्यमी र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्याएको अध्यक्ष शाहीले बताए । महोत्सवको अन्तिम दिन चर्चित हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’, चर्चित लोक दोहोरी गायक गोपाल नेपाल जि.एम.र बाल गायक सुप्रिम मल्लले आ-आफ्नो प्रस्तुती देखाएका थिए ।

महोत्सवमा औद्योगिक उत्पादन, बाल उद्यान, थारु गाउँ, हस्तकला, सूचना प्रविधि, कृषि, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तु, पर्यटन प्रवद्र्धनका सामाग्री लगायत २ सय ५० वटा स्टल राखिएको आयोजकले जनाएको छ ।

  • २४ माघ २०८०, बुधबार प्रकाशित

  • Nabintech