११ श्रावण २०८१, शुक्रबार

कोहलपुर ७ लखनामा नि:शुल्क स्वास्थ्य शिविर

शिविरमा १ सय ७८  जना नागरिकहरुले स्वास्थ्य चेकजाँच तथा स्वास्थ्य परामर्श लिएकोमा ७८  जनाको सुगर चेक

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:  कोहलपुर नगरपालिका वडा नं. ७ को आयोजना तथा नगर स्वास्थ्य शाखा शहरी स्वास्थ्य केन्द्र कोहलपुर ७ लखनाको समन्वयमा बिशेषज्ञ चिकित्सक स्वास्थ्यकर्मीद्धारा निशुल्क चेकजाँच,औषधि वितरण एबं परामर्श सेवा शुक्रवार नेराआबि लखनामा सम्पन्न भएको छ ।

ग्रामिण स्तरका नागरिकहरुको स्वास्थ्य समस्या पहिचान गरि परामर्श सहितको औषधि वितरण कार्यक्रम सम्पन्न गरिएको नगर अस्पताल ल्याब ईन्चार्ज  दिपक शर्माले न्युज मानसरोवरलाई वताएका छन ।

वडा नं. ७ को केन्द्र लखनामा आयोजित उक्त स्वास्थ्य शिविरमा १ सय ७८  जना नागरिकहरुले स्वास्थ्य चेकजाँच तथा स्वास्थ्य परामर्श लिएकोमा ७८  जनाको सुगर चेक समेत गरिएको शर्माको भनाई रहेको छ ।

सामान्य स्वास्थ्य समस्यालाई स्वास्थ्य समस्या नै नमान्ने समुदायलाई स्वास्थ्य सम्बन्धि सचेतनाका साथै रोगका प्रकृती हेरि नगर स्वास्थ्य सम्म आई सेवा लिन सहज होस भनेर ग्रामिण स्तरमा यस्ता स्वास्थ्य सेवाहरु गर्दै आएको नगर स्वास्थ्यले थारु समुदायमा देखा पर्ने थाईलेसिस जस्ता जटिल खालका रोगहरुको निवारणका लागि समेत उपचारका लागि सिफारिस गर्ने गरेको छ । यसका अलावा नगर स्वास्थ्यले प्रेसर, सुगर प्ल्स रेट समेत चेक जाँच गरि औषधि वितरण गर्दै आएको छ ।

शिबिरमा डाक्टर श्याम बिक,डाक्टर देबेन्द्रराज आचार्य ,डाक्टर सन्तोष थारु,नगर स्वास्थ्य प्रमुख अनिल सेन ठकुरी,सामाजिक बिकास समिति संयोजक ईश्वरी बिक,वडा नं.७ का वडा अध्यक्ष ठग्गा थारु, शहरी स्वास्थ केन्द्र प्रमुख सुधन बुढाथोकी,नगर अस्पताल ल्याब ईन्चार्ज दिपक शार्मा,राज कुरार थारु आशिफ खान,सारदा चन्द, नगर स्वास्थ्य शाखा अमृत कुमार राणा लगाएतको उपस्थिती थियो । शिबिर माघ २६ र २७ गते सम्म सञ्चालनमा रहने बताईएको छ ।

  • २६ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech