६ जेष्ठ २०८१, आईतवार

बजार अनुगमणलाई तिब्रता दिंदै बाँके प्रशासन

कोहलपुर क्षेत्रका औषधीजन्य कारोबार गर्ने फर्महरुमा पनि अनुगमन

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो समयमा बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडवाडको समयमा मात्र हुँदै आएको बजार अनुगमनलाई तिब्रता दिइएको बाँके प्रशासनले जनाएको छ । अहिले दैनिक रुपमा जिल्लाका नेपालगन्जलगायत अन्य स्थानका बजारमा समेत अनुगमन गर्दै कैफियत पाइएमा कारबाहीसमेत गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयसमेतको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा विभिन्न पसल तथा फर्महरुले उपभोक्ता हित विपरीत काम गरेको पाइएकाले कारबाही गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन ।

प्रजिअ पोखरेलका अनुसार नेपालगन्ज ११ सञ्चालनमा रहेको पोरेवाल किराना पसलमा एक हजार १ सय २० रुपियाँ बराबरको म्याद समाप्त भएका पेय पदार्थ नष्ट गरिएको छ ।

कोहलपुर क्षेत्रका औषधीजन्य कारोबार गर्ने फर्महरुमा पनि अनुगमन गरिएको प्रजिअ पोखरेलले बताए । बाँके प्रशासन र औषधी व्यवस्था विभाग नेपालगन्जको संयुक्त अनुगमनका क्रममा जेम्स फार्मेसीबाट केही थान शंकास्पद इन्जेक्सन परीक्षणका लागि औषधी व्यवस्था कार्यालयमा पठाइएको छ । उक्त फर्मलाई थप छानबिनका लागि औषधी व्यवस्था कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

त्यसैगरी कौशिल्या मेमोरियल हस्पिटल प्रालिले केही इन्जेक्सन भारतबाट सोझै खरिद गरेर ल्याएको पाइएकाले जफत गरिएको छ । यस हस्पिटललाई थप छानबिन गर्नुपर्ने भएकाले औषधी व्यवस्था कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको प्रजिल पोखरेलले जानकारी दिए ।

पानस फर्मास्युटिकल्स प्रालिमा अनुगमन गर्दा म्याद समाप्त भएपछि बजारबाट फिर्ता भएका औषधी राख्ने प्रर्याप्त ठाउँ बनाउन र औषधी नष्ट गर्ने स्थानमा समेत सुधार गर्न निर्देशन दिइएको उनको भनाई छ ।

  • २७ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech