२४ बैशाख २०८१, सोमबार

गोरखा युनाईटेड पब्लिक स्कुलको एघारौ अभिभावक दिवस भब्य रुपमा सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले कोरनापछि पहिलो पटक अभिभावक दिवस भब्य रुपले सम्पन्न गरेको छ । ११ औं वार्षिक अभिभावक दिवस आज शनिवार एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथी एबं ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्रकी उपाध्यक्ष ब्रह्मा कुमारी दुर्गा शर्माले गरेकि छिन ।

कार्यक्रम उदघाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी ब्रह्मा कुमारी दुर्गा शर्माले गुणस्तरीयर ब्यबहारिक शिक्षामा गोरखा युनाईटेड स्कुलले पुर्याएको योगदानको चर्चा गर्दै शैक्षिक हवका रुपमा कोहलपुर चिनाउन विद्यालयले खेलेको भुमिकाको खुलेरै प्रशंसा गरेकि छिन । सामुदायिक र संस्थागत विद्यालयहरुलाई साथसाथै लैजानुपर्ने भन्दै प्रमुख अतिथी शर्माले समाज परिवर्तन गर्न शिक्षाको जति महत्व छ शारिरीक तन्दुरस्तताका लागि खेल समेत उत्तिकै महत्वपुर्ण भएको औंल्याईन ।

गोरखा स्कुलले शिक्षाका अलावा विद्यार्थीहरुलाई सिकाईका बिभिन्न विधाहरु अंगिकार गरेको बताउदै आधुनिकतासंगै शैक्षिक प्रणालीमा समेत फेरबदल हुने भएकाले समय सापेक्ष शिक्षालाई डोहरयाउनुपर्नेमा जोड दिईन ।

गोरखा युनाईटेड पब्लिक स्कुलका संस्थापक तथा सञ्चालक केशर बहादुर आलेको सभापतित्वमा आयोजित कार्यक्रमबारे जानकारी कार्यक्रम संयोजक अरुण थापाले गरेका थिए भने उपस्थित अभिभावकहरुलाई स्वागत मन्तब्य मार्फत स्वागत विद्यालयका प्रिन्सिपल साधना थापाले गरेकि थिईन ।

बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,प्राज्ञ, बिभिन्न शैक्षिक अभियान्ता, अभिभावक, सुरक्षा निकायका प्रमुख, पत्रकार र विद्यार्थीहरुको वाक्लो उपस्थिती रहेको कार्यक्रमलाई दुई चरणमा बिभाजन गरि सञ्चालन गरिएको थियो ।

पहिलो चरणमा कक्षा ९, १० र ११, १२ का विद्यार्थीहरुमार्फत मार्चपास गरिएको कार्यक्रममा कक्षा केजि देखि ८ सम्मका वालवालिकाहरुले कक्षागत नृत्य, एरोवीक, योगा, फेन्सि ड्रेस, पिटि तथा ड्रिल एबं तेक्वान्दोको कलात्मक प्रस्तुति गरिएको थिए । २०७९ सालमा एसईइ र कक्षा १२ मा विज्ञान तथा ब्यबस्थापन संकायमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुका अभिभावकलाई समेत सम्मान गरिएको कार्यक्रममा गुप्स टयालेन्ट हन्ट सिजन १० को नृत्य, कविता,गायन, हास्य ब्यङ्ग्य तथा चित्रकलाका फाईनल विधा समेत प्रस्तुत गरिएको थियो ।

अभिभावकहरुविच विद्यार्थी शिक्षक शिक्षिकाहरु विच पनि रोमाञ्चित खेलहरु प्रस्तुत गरिएको कार्यक्रममा शिक्षक र प्रशासनिक कर्मचारीविच मैत्रिपुर्ण खेल समेत भएको थियो । उक्त मैत्रिपुर्ण खेलमा प्रशासनिक कर्मचारीहरुले विजय हासिल गरेका थिए ।
अन्तर सदनात्मक एघारौं फाउण्डर कप प्रतियोगिताका विजेता छात्रातर्फ पहेंलो सदन दोस्रो र छात्र छात्रा दुवैतर्फ हरियो सदनले प्रथम स्थान हासिल गरेकोमा नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

अभिभावक दिवसका अवसरमा विद्यालयले मार्च पास, सांस्कृतिक कार्यक्रम, ट्यालेन्ट हन्ट शो र बिभिन्न खेलकुदको आयोजना गर्दै रोचक तरिकाले मनाएको छ । अभिभावकसंग मिलन कार्यक्रमले विद्यार्थी र विद्यालय विचको सम्वन्धलाई जिवन्त राख्ने एक कडि भएको वताउदै कार्यक्रमका सभापति एबं विद्यालयका संस्थापक एबं सञ्चालक केशर बहादुर आले मगरले सम्पुर्ण अभिभावक तथा विद्यार्थीहरुलाई आभार समेत ब्यक्त गरेका छन ।

 

  • २७ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech