१२ श्रावण २०८१, शनिबार

घरबारी टोल-त्रिवेणी मोड सडकमा अब एकतर्फी पार्किङ
  • न्युज मानसराेवर

नेपालगञ्ज: नेपालगञ्जको घरबारी टोलदेखि त्रिवेणी मोडसम्मको सडकमा एकतर्फी पार्किङ कायम गरिएको छ । सहरलाई सुन्दर र व्यवस्थित बनाउँदै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने अभियान अन्तर्गत पहिलो चरणमा धम्बोझी चोकस्थित बागेश्वरी मन्दिर जाने प्रवेशद्वार (घरबारी टोल) देखि  त्रिवेणी मोडसम्म एकतर्फी पार्किङ कायम गरिएको हो ।

आइतबार, सोमबार र मंगलबार दायाँ तथा बुधबार, विहिबार र शुक्रवार बायाँतर्फ मात्र पार्किङ गर्न दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपी कृष्ण सुवेदीले बताए । नेपालगञ्ज उद्योग बाणिज्य संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा आज सचेतना र्याली गरी पार्किङ व्यवस्थित गर्ने कार्यको सुरुवात गरिएको थियो ।

May be an image of 11 people and text

नगर प्रमुख प्रशान्त विष्ट, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुवेदी लगायत सरोकारवालाले घरबारी टोलदेखि त्रिवेणी मोडसम्म घरदैलो नै गरेर एकतर्फी पार्किङबारे जानकारी गराएका थिए ।

नगर प्रमुख विष्टले सबैको सहयोग र समन्वयमा सहरका अन्य ब्यस्त सडकमा समेत वन वे आवागमन र वन वे पार्किङ कायम गरिने बताए । उनले सुरुवातमा घरबारी टोलदेखि त्रिवेणी मोडसम्म कायम गरिएको वन वे पार्किङले नगरमा सुखद सन्देश दिने विश्वास व्यक्त गरे । विष्टले नगरलाई सुन्दर र व्यवस्थित बनाउने कार्यमा सबैको हातेमालो हुनुपर्नेमा जोड दिए ।

May be an image of 9 people, motorcycle and textMay be an image of 7 people and text

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष धामीले व्यवसायलाई मर्यादित बनाउनका लागि समेत सहर व्यवस्थित हुनुपर्ने आवश्यकता बोध गर्दै ट्राफिक व्यवस्थापनका लागि अगुवाई गरेको बताए । जिल्ला प्रहरी प्रमुख बोहराले सडकको अस्तब्यस्तता व्यस्थापन गर्दै सवारी आवागमन सहज बनाउने अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

त्यसक्रममा नेपालगञ्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चिरञ्जिवी ओली, महासचिव भीम रानाभाट, कोषाध्यक्ष मख्खनबहादुर धामी लगायत उपस्थित थिए ।

May be an image of 5 people, motorcycle, street and text

 

 

  • २८ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech