२४ बैशाख २०८१, सोमबार

कोहलपुर महोत्सवमा ज्योति मगरले उचालिन जनमास
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:पाँचौ कोहलपुर महोत्सवमा आइतबार गायिका ज्योति मगर र कुलेन्द्र विश्वकर्मा एक साथ गुञ्जिएका छन् । ज्योती मगरले आफनो प्रस्तुति मार्फत उपस्थित दर्शकहरुलाई उचाल्दै भरपुर मनोरञ्जन दिएकी छिन । कुलेन्द्रको स्वरमा सजिएको नवराज पन्तका शब्द र वसन्त थापाको संगीत रहेको चर्चित गीत ‘सालको पात टपरी हुनी, हे बरै नहुनी सल्लैको’ गाएर उनले दर्शक झुमाएका थिए ।

त्यस्तै गायिका ज्योति मगरले आफ्नैे शब्द,संगित र स्वरमा रहेको ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’गित गाएर उनले तहल्का मच्चाएकी थिइन् । ‘सालको पात र कान्छी मुसुक्कैले कोहलपुर महोत्सवमा तहल्का मच्चाएको थियो ।

महोत्सवमा गायक कुलेन्द्र विश्वकर्माले ‘जलजला,’‘लाउँछ माया,’ लगायतका गीत गाएका थिए । करिब १ घन्टा प्रस्तुति दिएका कुलेन्द्रले प्रस्तुति अवधिभर दर्शकको राम्रो साथ पाए । त्यस्तै, महोत्सवमा गायिका ज्योती मगरले ‘जिम्मल बाउकी छोरी’ लगायतका गितहरु गाएर दर्शकलाई आकर्षित गरेकी थिइन् ।

मोडल अस्मिता पुरीको नृत्यसँगै महोत्सवमा दर्शक झुमीझुमी नाचेका थिए । उनले करिब आधा घन्टा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् । उनलाई पनि दर्शकले ताली र हुटिङले स्वागत गरेका थिए । साथै स्थानीय कलाकारहरुले समेत प्रस्तुती दिएका थिए । आज महोत्सवमा दर्शकहरुको उपस्थित राम्रो रहेको थियो । आयोजकले कलाकाहरुलाई सम्मान गर्नुको साथै मायाकोचिनो समेत प्रदान गरिएको थियो । महोत्सवको उद्घोषण कोष खड्का र कल्पना कार्कीले गरेका थिए ।

  • २८ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech