१२ श्रावण २०८१, शनिबार

काठमाडौंमा हत्याका दुई घटना : दुवै आरोपीलाई प्रहरीले आज सार्वजनिक गर्ने
  • न्युज मानसराेवर

काठमाडौं : गौशालास्थित एक होटलमा महिलाको हत्या र टोखाको एक टहरोमा युवकको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका– ९ गौशालास्थित सिरहा धनुषा होटल एण्ड लजमा शनिबार शनिबार महिला मृत भेटिएकी थिइन्। एक पुरुषसँग आएकी महिला प्रमिला दमाईँ कोठामै मृत भेटिएकी थिइन्। उनीसँगै आएका ती पुरुष फरार थिए।

शनिबार नै काठमाडौँको टोखास्थित एक टहरोमा दिपेश खड्का मृत भेटिएका थिए। उनको पनि हत्या भएको आशंकामा अनुसन्धान टोली खटाइएकोमा दुवै घटनाका आरोपी पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ तर आरोपीको पहिचान खुलाइएको छैन।

दुवै घटनाबारेका आरोपीलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमुद ढुङ्गेलले जानकारी दिए।

  • २९ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech