१२ श्रावण २०८१, शनिबार

सामाजिक सञ्जालमा बिज्ञापन खोलेको भ्रम छर्ने कोहलपुर प्रहरीको निगरानिमा

युवाहरुले आफनो उर्जाशिल समय खेर नफालुन भन्नेमा हामी सचेत छौं डिएसपी :तिवारी

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँकेको कोहलपुर क्षेत्रलाई आधार स्थान बनाई सामाजिक सञ्जालमा नयाँ शाखा अफिस बिस्तारकालागि स्टाफ चाहियो भन्दै भ्रमपुर्ण बिज्ञापन खोल्ने बिभिन्न कम्पनिहरुलाई कोहलपुर ईलाका प्रहरी कार्यालयले आफनो निगरानिमा राखेको छ ।

आर्कषक तलब र टाढाबाट आउनेहरुलाई खान बस्न समेत फ्रि मा भन्दै खोलिएका बिज्ञापनले युवाहरुको उर्जाशिल समय खेर जाने भन्दै ईलाका प्रहरी कार्यालयले निगरानि बढाएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी सुन्दर तिवारीले जनाएका छन ।

आईतवार यस्तै खाले विज्ञापन गर्ने २ वटा कम्पनिलाई प्रहरीले कार्यालयमा बोलाई ईन्भेष्टिकेशन गरेको छ । अल्पा बिटा दश बिगाह र हिमालयन बहुउद्धेश्यीय कम्पनि टेलिकमरोडका प्रतिनिधिलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा बोलाई उनीहरुले गर्ने क्रियाकलपको अध्यन अनुसन्धान गरेको डिएसपी सुन्दर तिवारीको भनाई रहेको छ । एक कम्पनिले नेपाल सरकारको सम्बन्धित निकायमा नियमसंगत दर्ता देखि कागजि प्रक्रिया सवै मिलाई काम गरिरहेको पाईयो तर यो कार्य आफैमा सन्तुष्टि जनक देखिएन भन्दै तिवारीले अर्को एक कम्पनि दर्ता विना नै सञ्चालन गरेको पाईएकाले चेतावनि सहित प्रक्रिया पुरयाएर काम गर्न निर्देशन दिईएको बताए ।

लगानि चाहिदैन, डिग्रि चाहिदैन, अनुभव चाहिदैन, पार्ट टाईम काम गर्न पाईन्छ भन्दै आर्कषक तलव हुने भन्दै बिज्ञापन गरि युवाहरुलाई दरखास्त भर्न प्रोत्साहन गर्ने तर घर घरमा गएर बिभिन्न सामान बेच्न लगाउने र उनीहरुको उर्जाशिल समय खेर फाल्ने कार्यमा उद्धत भएको पाईयो तर कुनै पनि युवाहरुले आफु ठगिएको उजुरी नआएको भन्दै यस्ता भ्रमहरुबाट युवाहरु मुक्त हुनुपर्ने तिवारीले न्युज मानसरोवरसंगको भेटमा भने ।

हामीले ईलाका प्रहरी कार्यालयको कार्य क्षेत्र भित्र रहेका यस्ता कम्पनिहरुको सुक्ष्म निगरानि गर्दैछौं कोहि युवाहरुले आफनो उर्जाशिल समय खेर नफालुन भन्नेमा हामी सचेत छौं भन्दै प्रहरी नायब उपरीक्षक डिएसपी सुन्दर तिवारीले बरु यस्तो समय खेर फाल्नु भन्दा बेलैमा लोक सेवा तयार गर्न आफनो ब्यापार बिजनिसमा लाग्न युवाहरुलाई आव्हान समेत गरेका छन ।

  • २९ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech