११ श्रावण २०८१, शुक्रबार

क्यानडाविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै
  • न्युज मानसराेवर

काठमाडौँ:  क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर क्यानडालाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो । नेपाले सिरिज तीन खेल अगावै जितिसकेको छ । पहिलो खेल सात रन र दोस्रो खेल चार विकेटले जितेको नेपाल सिरिजमा २-० ले अगाडि छ ।

नेपाल आज क्यानडाविरुद्ध तेस्रो जित निकाल्दै सिरिजमा ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा छ । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षकको प्रशिक्षणमा रहेको क्यानडा पनि अन्तिम खेल जित्दै सिरिजको सुखद अन्य गर्ने दाउमा छ ।

  • २९ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech