१२ श्रावण २०८१, शनिबार

लक्ष्मि मावि बर्दहवामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

क्यास एट भल्ट अर्थात नगदमा २३ लाख ५० हजार नियम विपरित राखिएपछि भ्रष्टाचार भएको आशंका

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँकेको कोहलपुर वडा नं.२ मा रहेको लक्ष्मि मावि बर्दहवामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको प्रमाण न्युज मानसरोवरले फेला पारेको छ ।

विद्यालयको सरकारी अनुदान लगायत सार्वजनिक सम्पत्ति बिभिन्न तवरबाट हिनामिना भएको तथ्य सहित पेश गरिएको उजुरीमा आर्थिक बर्ष ०७७ ०७८ को लेखा परिक्षणबाट देखिएको नगद रु २३ लाख ५० हजार विद्यालयको नगद खातामा जम्मा गरि अपचलन गरेको ठोकुवा गरिएको छ ।
हालको ब्यबस्थापन समिती र प्रधानाध्यापकले अशुल उपर गर्न लगाएको गोप्य सुचना पाएका उजुरीकर्ताले हदै सम्मको कानुन सम्बत कारबाहिका लागि उजुरीमा दलिल पेश गरेका छन ।

विद्यालयको लेखा परिक्षण प्रतिवेदनमा उल्लेख गरेको रकममा एकरुपता नदेखिएको, आफनो कार्यकालको समयमा आन्तरिक आम्दानि रकम हिनामिना गरेको छात्रबृत्ति रकममा दुरुपयोग गरेको विद्यार्थीको पाठ्यपुस्तकका लागि आएको रकम फर्जि बिल बनाई अनियमितता गरेको, अभिभावकबाट उठाएको रकम हिना मिना गरेको, आईसिटि ल्यावलाई प्राप्त अनुदान रकम सामान खरिद नगरि फर्जि बिल बनाई रकम कलम फछर्यौट गरेको, विद्यालयको जग्गा सट्टा पट्टा गर्दा समेत हिनामिना गरेको भन्दै तत्कालिन प्रधानाध्यापक बद्रिनाथ सापकोटा र तत्कालिन विद्यालय ब्यबस्थापन समितीलाई बिपक्षि बनाई आबश्यक अनुसन्धान गरि कारबाहि गर्न भन्दै उजुरी गरिएको तथ्य फेला परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गरिएको उजुरी विवरण

यस सम्बन्धमा बुझदा विद्यालयका प्रधानाध्यापक जय बहादुर विष्टले आफु सरुवा भई आउदा क्यास एट भल्ट अर्थात नगदमा रु २३ लाख पचास हजार भएको स्विकार्दै नगदमा दैनिक काम काजको लागि विद्यालयमा १ लाख सम्म राखिने भएपनि २३ लाख ५० हजार राखिनु संकासपद रहेको र तत्कालिन लेखापाललाई उक्त रकम भरपाई गर्न निर्देशन दिंदा विद्यालयको बैंक खातामा २० लाख जम्मा भईसकेको बताएका छन ।

आफुपनि नयाँ सरुवा भई आएको र लेखापरिक्षणले औंल्याएका कैफियतका बिषयमा अनभिज्ञ रहेको जनाएका छन । कोहलपुर नगर शिक्षासंग यस विषयमा बुझ्न खोज्दा नगर शिक्षा प्रमुख राम बहादुर हमाल तथा अधिकृत रविलाल मिजारको भने फोन उठन सकेन ।

न्युज मानसरोवरसंग विद्यालयमा भ्रष्टाचार भएको विषयको स-प्रमाण सुरक्षित रहेको छ -सम्पादक

  • २९ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech