२१ बैशाख २०८१, शुक्रबार

बाँकेमा धार्मिक र सामाजिक सद्भावको मेला सुरु
  • न्युज मानसराेवर

बाँके: हिन्दु र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा रहेको बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार मेला बुधबारदेखि सुरु भएको छ ।

इस्लाम धर्मगुरुसहित खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक र उपाध्यक्ष मन्जु मल्लले संयुक्त रुपमा च्यादर ओडाएर मेलाको सुभारम्भ गर्नुभयो । खजुराका स्थानीय अगुवा सतिश निरौलाले हरेक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म लाग्ने मेलामा धार्मिक सद्भावको नमुना अन्यत्र बिरलै देख्न पाइने पाइने बताउनुभयो । निरौलाले भन्नुभयो, “यो मजारमा मुस्लिम धर्मगुरु रहने भए पनि हिन्दु समुदायको समेत उत्तिकै आस्था र विश्वास छ।”

मजारमा हिन्दु र मुस्लिम समुदाय अन्य दिनमा भन्दा मेलाको समयमा अधिक आउने गर्दछन् । यहाँका भारतका विभिन्न स्थानमा मनोकामना पूरा हुने भन्दै भक्तजनहरु आउने गरेका छन् । हिन्दु र मुस्लिम समुदायले एकसाथ विश्वास गर्ने भएकाले सद्भावको केन्द्र मुसबेटवा बाबाको मजार बनेको छ । यहाँ एकसय वर्षभन्दा पहिलेदेखि श्रीपञ्चमीको दिनमा मेला लाग्दै आएको जेष्ठ नागरिकहरु बताउँछन् ।

खजुरा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर रोकायले धार्मिक र सामाजिक सद्भावको मजारलाई थप व्यवस्थित बनाउन सङ्घ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

  • २ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech