२४ बैशाख २०८१, सोमबार

गोरखाका यी मेधावी छात्र जस्ले वनाए अटोचार्ज हुने वाईक (भिडियो सहित)

वाईक चल्दै जाँदा अटोमेटिक चार्ज हुने रित्तिक र अरुणको दावि

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: रित्तिक खडका र अरुण राना मगर गोरखा युनाईटेड पव्लिक स्कुलमा बिज्ञान बिषय लिएर अध्यनरत कक्षा ११ का विद्यार्थी हुन । एसईइ समेत गोरखाबाट दिएका यी दुई मेधावी छात्रहरु सानैदेखि केहि नयाँपनमा रमाउने, नयाँ सिर्जना गर्न उत्सुक रहने छात्रहरु रहेको गोरखा युनाईटेड पव्लिक स्कुलमा लामो समयदेखि अध्यापनरत शिक्षक पुष्पराज लम्साल वताउछन ।

निकै मेहनती, अनुशासित यी विद्यार्थी रित्तिक र अरुणले विद्यालयको ११ औं बार्षिक उत्सवमा केहि नौलोपना पस्कन चाहे । चाहेर मात्र भएन उनीहरुसंग नयाँ आयाम दिने प्रोजेक्ट बनाउन श्रोतको भने अभाव थियो । श्रोत संकलनका लागि कति खर्च लाग्छ उनीहरुलाई उक्त कुराको समेत आँकलन थिएन । विद्यालयसंग अनुरोध गरौं भोलि असफलता पो हात पर्ने हो की भित्रि मनमा कता कता चिसो पस्थ्यो उनीहरुको ।

तर के नै नराम्रो गर्न लागेका हौं र ! सर संग प्रोजेक्टको प्रस्ताव राखि छाडने आफनो योजना वनाए रित्तिक र अरुणले । विज्ञान प्रर्दशनिका संयोजक श्याम भण्डारीलाई आफनो योजना सुनाए । शुरुमा त सर पनि अलमलमा पर्नु भयो रित्तिक खडका भन्छन । तर उनीहरुले आफनो प्रोजेक्टलाई सफल वनाएरै छाडने प्रतिबद्धता गरेपछि २० हजार सम्म पाउने पक्का पक्कि भयो । रकम पाउने भएपछि हौसिएका रित्तिक र अरुण आफुलाई चाहिने विभिन्न सामान जोडन तिर आफनो ध्यान केन्द्रित गरे ।

विभिन्न कवाड संकलन केन्द्र, ईलेक्ट्रिक पसल तथा वल्डिङ सेन्टर सम्म पुगेर आफनो प्रोजेक्टलाई आवश्यक पर्ने सामानहरु एकिकृत गरेर लागे प्रोजेक्ट निर्माणमा । प्रोजेक्ट निर्माण गर्दा गर्दै आफनो विलक्षण बुद्धिले रित्तिक र अरुणले तयार पारे वातावरण अनुकुल अटोचार्ज हुने वाईक ।

कोहलपुरका बिभिन्न स्थानमा उक्त वाईकको सफल परिक्षण गरेका अटोचार्ज हुने वाईकलाई रित्तिक र अरुणले विद्यालयको ११ औं बार्षिक उत्सवका अवसरमा विज्ञान प्रर्दशनि स्थलमा राखेर अधिकांश अभिभावकहरुको मन मात्र जितेनन थुप्रै प्रेरणाका शब्दहरु समेत वटुल्न सफल भए । अहिले गोरखा युनाईटेड पव्लिक स्कुलको विज्ञान प्रयोगशाला कक्षमा रहेको उक्त वाईकको अध्यन अवलोकन गर्न सकिने विद्यालयले बताएको छ ।

मेकानिकल प्रयोगात्मक अभ्यासवाट प्रभावित भएका रित्तिक र अरुणले वाईक चल्दै जाँदा अटोमेटिक चार्ज हुने समेत दावि गरेका छन । उनको वाईकमा अटो सुचारु हुने मात्र नभई गति नियन्त्रण गर्ने प्रणाली समेत जडान गरिएको छ । सोलार प्यानल समेत भएकाले बिद्युतिय चार्ज सकिएपनि उक्त वाईक भने चल्न छोडने छैन रित्तिक र अरुणको दावि रहेको छ ।

विद्यालयको साथ, सहयोग र हौसला एबं लामो समय पाएमा आफुहरुले दुरुस्त वाईक वनाउने सोच रहेको रित्तिक र अरुणले बताएका छन । सरकारले समेत यस्ता प्रोजेक्टहरुमा आर्थिक, नैतिक, भौतिक सहयोग गर्ने हो भने भविष्यमा आफुहरुले यस्ता उत्पादनलाई निरन्तरता दिने र देशको अर्थतन्त्र विदेशिनवाट रोक्ने सोचमा रहेको रित्तिक र अरुण वताउछन । उत्कृष्ठ शिक्षा र लगनशिलताले हरेक कुरा संभव छ भन्ने कोटेशन लेखिएको वाईकले एकफेरा सवैको ध्यान केन्द्रित गर्न सफल भएको विद्यालयकी प्रिन्सिपल साधना थापा वताउछिन।

१२ कक्षा पढेर विदेश गएर नै अध्यन गर्नुपर्छ भन्नेहरुका विचमा उदायका यस्ता प्रतिभाहरुको संरक्षण तथा प्रर्बद्धन हुने हो भने विदेशिने नेपालीको संख्यामा कमि हुने विश्वास ब्यक्त गर्छन कार्यक्रम संयोजक अरुण थापा । आईटि ईन्जिनियर वा अन्य ईन्जिनियर भएर देश भित्रै रहेर केहि गरेर देखाउन चाहने रित्तिक र अरुण जस्ता विद्यार्थीहरुलाई विद्यालयले मात्र हैन राज्यका आँखाहरु समेत पुग्ने हो भने साँच्चै देशमा कायापलट नहोला भन्न सकिन्न ।

  • ३ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech