२४ बैशाख २०८१, सोमबार

नेपालगन्जमा ‘म्यूजिक फर हार्मोनी’ हुने
  • न्युज मानसराेवर

नेपालगन्ज: यही फागुन २६ गते शनिवार नेपालगन्जमा ‘ म्यूजिक फर हार्मोनी’ (सद्भावका लागि संगीत) कार्यक्रम हुने भएको छ । अन्तरालको व्यवस्थापनमा गर्न लागिएको नेपाल कल्चर फेस्टिवलको अवसर पारेर उक्त कार्यक्रम गर्न लागिएको हो । म्यूजिक फर हार्मोनीकालागि राष्टिय अन्तराष्ट्रिय रुपमै ख्यातिप्राप्त व्याण्ड ‘कुटुम्व ’ तथा गायिका झुमा लिम्बु र रैथाने व्याण्डले पहिलो पटक सहकार्य गर्दैछन् । ‘कुटुम्ब’ले नेपाली लोक बाजाहरुको प्रर्वद्धन, अनुसन्धान र संरक्षणलाई प्रमुखता दिई नेपाली लोकधुनहरुलाई नेपाल मात्र होईन, संसारका धेरै देशका सांगीतिक मञ्चहरुमा प्रस्तुत गरिसकेको छ ।

नेपाली लोक वाजा र धुनहरुलाई नयाँ पुस्ता माझ पुर्याउन कुटुम्बको ठूलो भूमिका छ । पुराना नेपाली लोक गीतहरुको धुनलाई पूणर्तः लोकबाजा वाटै प्रस्तुत गरेर कुटुम्बले नयाँ पुस्ताका दर्शकहरुलाई पनि जुरुक्कै उचाल्ने गरेको छ । गायिका झुमा लिम्वु ‘ भर्सटाईल ’ गायिका हुन् । नेपाली रैथाने संगीतमा गहिरो अध्ययन गरेकी झुमाले विदेशी भूमिमा धेरै प्रस्तुति दिएकी छन् ।

‘म्युजिक ट्रयाक ’ मा गीत नगाउने पहिचान बनाएकी लिम्वुले विदेशी र स्वदेशी संगीतकर्मीहरुलाई समेटेर ‘ रैथाने ’ व्याण्ड मार्फत काम गरिरहेकी छन् । सुदूर पश्चिमको देउडा देखि विभिन्न भाषा भाषीका गीत, पूर्वको लिम्वु संस्कृतिको पालाम सम्म आफ्नो स्टेज प्रस्तुतिमा समेट्ने गरेकी झुमा लिम्वु चलचित्रका गीत र पार्श्व गायनमा समेत सक्रिय छन् ।

झुमा सहितको टिमले नेपाली मौलिक बाजाहरुको अध्ययन गर्ने क्रममा आफैले केही नयाँ बाजाहरु वनाएका छन् । ‘देशै भरको संस्कृति एकै ठाउँमा झल्काउने गरि आयोजना गरिएको नेपाल कल्चर फेस्टिवल को तयारी तीब्र पारिएको छ’- अन्तरालका कार्यक्रम संयोजक गणेश राईले भने ‘म्यूजिक फर हार्मोनीले नेपालगन्जवाट संसारलाई सद्भावको सन्देश दिनेछ । नेपालगन्ज रंगशालामा हुने यस कार्यक्रमको टिकट विक्री केही दिनमै शुरु हुनेछ भने विद्यार्थीलाई विशेष सहुलियत हुनेछ ।

  • ४ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech