२३ बैशाख २०८१, आईतवार

नमुनाको आँगणमा फुड फेष्टिभल र बिज्ञान कला प्रर्दशन (फोटो कथा)

नमुनाको फुड फेष्टिभल र बिज्ञान प्रर्दशनि अवलोकन पछि अभिभावकले भने वा !

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: नमुना विद्या सदनकोे आँगणमा हिज अस्ति जस्तो शान्त, सौम्य र स्निग्ध वातावरण थिएन । प्रबेश द्धार नजिकै बिज्ञान प्रर्दशनिका स्टलहरु थिए, लस्करै राखिएका ति स्टलबारे बाल बालिकाले अतिथी तथा अभिभावकहरुलाई ब्रिफिङ गरिरहेको दृष्यले सबैलाई आर्कषण गरिरहेको थियो । सोलार साईरणयुक्त घर, फोहर प्रसोधनसंगै बायो ग्यास प्लान्ट, सोलारबाट सिंचाई, उज्यालोमा आफै निभ्ने तर अध्यारोमा आफै बल्ने अटोमेटिक स्टेट लाईट र तुरुन्त ब्लड ग्रुप छुट्टयाएर बालबालिकाले अभिभावक चकित तुल्याएको परिदृष्य अलौकिक लोभ लाग्दो देखिन्थ्यो ।

लस्करै नेपाली टिपिकल आगर्नेनिकका साथ विभिन्न जातजातीहरुले उपभोग गर्ने भोजनहरुका स्टलहरुले उत्तीकै उपस्थित जनमानसको ध्यान खिच्न सफल भएको भान हुन्थ्यो । टोकन लिएर बाल बालिकाहरु कोहि चिकन आईटम त कोहि अण्डा तथा मैदाका आईटमहरु हातमा लिएर रमाउदै खाँदै थिए । कोहि भने थारु र मगरका परिकारहरु ढिग्रि,सेल आलुको अचार खादै उफ्रिएका देखिन्थे । सफ्ट पेय पदार्थ र पानीपुरी चटपटेले पनि वालवालिकालाई उत्तीकै रमाउदै खादै गर्ने वातावरण दिएको थियो ।

भनिन्छ मान्छेको खुशि साना साना कुरामा हुन्छ हो त्यही सानो खुशिको चाँजोपाँजो मिलाएको थियो कोहलपुर ८ मा रहेको नमुना विद्या सदन ईङलिस मिडियम सेकेण्डरी स्कुलले । विद्यालयको वार्षिक क्यालेण्डर बमोजिम आफना वालवालिकाहरुको खुशिलाई ब्यबहारमा रुपान्तरण गर्न आज आईतवार आयोजित नमुना स्कुलको कल्चरल फुड फेष्टिभल, बिज्ञान प्रर्दशनि तथा पुरस्कार वितरण कार्यक्रमका परिदृष्य थिए यी ।

नमुना विद्या सदनले आज आईतवार एक कार्यक्रमको आयोजना गर्दै विद्यालयको प्रांगणमा फुड फेष्टिभल, बिज्ञान प्रर्दशनि तथा पुरस्कार वितरण कार्यक्रम यतीमा मात्र सिमित नभएर स साना बाल बालिका देखि वयस्क सम्मका सांस्कृतिक एबं साहित्यिक प्रस्तुती समेत गरेको छ ।

कोहलपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष लाल बहादुर रानाको हातवाट दियोमा वत्ति बाल्दै विद्यालय प्रांगणमा विरुवा रोपि उदघाटन गरिएको बार्षिक कार्यक्रममा फुट फेष्टिभलका लागि आबश्यक खानाका परिकारहरु समेत विद्यार्थीहरु आफैले वनाएर ब्यबहारीक ज्ञान समेत प्रस्तुत गरेका अबलोकनमा सरिक अभिभावक रमेश गौतमले न्युज मानसरोवरसंग भने ।

विद्यालयको यो कार्यक्रममा आउने आफना अभिभावकहरुलाई स्वागत गर्दै वालवालिकाहरुले विज्ञान प्रर्दशन मात्र हैन उनीहरुको ब्लड ग्रुप जाँचेर कुन ग्रुपमा आफनो ब्लड पर्ने जानेपछि अभिभावकहरु चकित परेका थिए ।

बिज्ञान शिक्षक दिपक तमौलीको सहजिकरणमा कक्षा ९ का छात्र लक्ष्मण वजगाई, कक्षा १० का छात्राद्धय जसोधा चौधरी र आईशा डागिले बैज्ञानिक पद्धती बमोजिम ब्लड ग्रुप छुट्टयाउन लागि परेका थिए । उनीहरुको स्टलमा पत्रकारहरुले समेत आफनो ब्लड ग्रुप चेक गरि आफनो ग्रुप वर्गिकरण बारे तुरुन्त जानकारी लिएका थिए ।

विद्यालयका कार्यकारी निर्देशक शिब डागिको अध्यक्षतमा आयोजित उक्त प्रर्दशनि तथा पुरस्कार वितरण कार्यक्रममा विद्यालयले बार्षिक रुपमा खेलकुदमा सर्वोउत्कृष्ट हुने छात्र छात्राहरुलाई कार्यक्रमका अतिथीहरु कोहलपुर नगरपालिका नगर कार्यपालिका आर्थिक विकास समिती संयोजक अनिता बुढा, नगर शिक्षा प्रमुख राम बहादुर हमाल, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारी, विद्यालयका सञ्चालकद्धय कृष्ण जोशि, निरज चलाउने लगाएतले शिल्ड प्रमाण पत्र तथा पुरस्कार वितरण गरेका थिए ।

 

कक्षा ५ मा अध्यनरत छात्र शिवम थापाको स्वागत मन्तब्यसंगै शुभारम्भ कार्यक्रममा कार्यक्रमबारे विद्यालयका प्रशासन प्रमुख नविन रावतले प्रष्ट पारेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयमा अध्यनरत विद्यार्थी शोभना देवकोटा र सुसक बिष्टले गरेका थिए ।

कार्यक्रममा तक्षशिला एकेडेमीका अध्यक्ष विष्णु प्रसाद वेल्वासे, ब्राईट लाईट एकेडेमीका संस्थापक एबं कार्यकारी निर्देशक गोविन्द चौधरी, बिभिन्न विद्यालयका संस्थापक संरक्षक, वडा नं. ७ का वडा अध्यक्ष ठग्गा थारु, शिक्षा प्रेमि, सामाजिक ब्यक्तित्व, अभिभावक, बिद्यार्थी एबं पत्रकारहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

  • ६ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech