२३ बैशाख २०८१, आईतवार

बाँकेमा मानवअधिकार उलंघनका १ सय ६५ घटना

ज्यादतीका घटनामा १ सय २१ जना महिला र सात जना पुरुष पीडित

  • न्युज मानसराेवर

नेपालगञ्ज:इन्सेकले बाँकेका कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहेको विषयलाई नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेटेको छ । इन्सेकले सन् २०२३ को तथ्यांक बर्ष पुस्तकमा उल्लेख गर्दै बाँके जिल्ला कारागारको क्षमता ३ सय ५० जना क्षमताको बाँके कारागारमा कैद तोकिएका ५ सय ३४ जना कैदी र कैद नतोकिएका ४ सय ६ जना थुनुवा गरी जम्मा ९ सय ४० जना राखेको उल्लेख छ । कारागारमा १० जना ज्येष्ठ नागरिक छन् ।

क्षमताभन्दा झण्डै तीन गुणा कैदीबन्दी भएकाले शौचालय प्रयोगका लागि लामो समय कुनुपर्ने अवस्था उल्लेख गर्दै इन्सेकले खुला कारागारको अवधारणा अनुसार भवनहरू निर्माणाधीन अवस्थामा रहेको औंल्याएको छ । इन्सेकले क्षेत्रीय कारागार निर्माण भए पनि सञ्चालन हुन नसकेको उल्लेख गर्दै क्षेत्रीय कारागार नौबस्ताको दुई वटा ब्लकमा बाल सुधार गृहका बाल बिज्याईकर्तालाई राखिएको उल्लेख गरेको छ ।

बाँकेमा सन् २०२३ मा राज्य पक्षबाट ३७ र अन्य पक्षबाट १ सय २८ मानवअधिकार उल्लंघनका घटना भएको इन्सेकले अभिलेखिकरण गरेको छ । इन्सेकले गैर राज्य पक्षबाट बाल अधिकार हननका ४०, महिला अधिकार हननका ६९ घटना अभिलेखिकरण गरेको छ । जसमा घरेलु हिंसाका ४१, बेचबिखन तथा ओसारपोसार प्रयासका ५, बोक्सीको आरोपका १, बलात्कारका १८, बलात्कार प्रयासका १, यौन दुव्र्यवहारको १ घटना इन्सेकले अभिलेखिकरण गरेको हो ।

राज्यपक्षबाट भएको मानवअधिकार उल्लंघनका घटनामा सबैभन्दा बढी कुटपिट रहेको छ । सन् २०२३ मा कुटपिटका २३ घटनालाई मानवअधिकार उल्लंघनमा इन्सेकले अभिलेखिकरण गरेको छ । त्यस बाहेक राज्यपक्षबाट १० गिरफ्तारीका घटनालाई पनि इन्सेकले मानवअधिकार उल्लंघनमा अभिलेखिकरण गरेको छ ।

बाँकेमा सन् २०२३ मा ज्यादतीका घटनामा १ सय २१ महिला पीडित भएको छन् । इन्सेकको तथ्यांक अनुसार, ज्यादतीका घटनामा १ सय २१ महिला र ७ पुरुष पीडित भएका हुन् । बाँकेमा भएका मानवअधिकार उल्लंघनका घटनामा सन् २०२३ मा कुटपिटका घटनामा २५ जना पुरुष, कारागारमा मृत्युको घटनामा दुई जना पुरुष र गिरफ्तारीका घटनामा एक जना महिल र नौ जना पुरुष पीडित भए ।

ज्यादतीका घटनामा १ सय २१ जना महिला र सात जना पुरुष पीडित भएको इन्सेकले अभिलेख ग¥यो । जसमध्ये बाल अधिकार उल्लङ्घनका घटनामा ४० जना बालिका तथा महिला अधिकार उल्लङ्घनका घटनामा ६९ जना महिला पीडित भए । इन्सेकले प्रत्येक बर्ष बर्षभरीका मानवअधिकार उल्लंघनका घटना अभिलेखिकरण गर्दै पुस्तक प्रकाशन गर्दै आएको छ ।

 

  • ९ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech