१६ बैशाख २०८१, आईतवार

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला बुधबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ भने देशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पनि पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने र उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। पहाडी भू-भागको मौसम आंशिक बदली र उच्च भू-भागमा हिमपातको सम्भावना रहे पनि आज पानी पर्ने सम्भावना भने कतै नरहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

हेर्नुहोस आगमी दुई दिनको मौसम पूर्वानुमान

२०८० फागुन १७ गते बिहीबार

दिउँसोस् कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भ-भागमा मौसम मुख्यतया सफा रहने छ।

२०८० फागुन १८ गते  शुक्रबार

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भ-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भ-(भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

  • १६ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech