१२ श्रावण २०८१, शनिबार

कोरियाली भाषाको परिष्कृत प्रस्तुतिका साथ कवरको कोरियन शव्दकोष सार्वजनिक

वचन, लिङ्ग, विभक्ति कोरियाली भाषामा छैनन्

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँकेको कोहलपुरलाई आफनो कर्मथलो वनाई दशकदेखि यहि कोहलपुरको माटोमा शंघर्ष गर्दै आएका ब्यक्तित्वको भोपेन्द्र कवरले पश्चिम नेपालमै पहिलो पल्ट कोरियाली भाषाको शब्दकोष सर्वजनिक गरेका छन । लामो समयदेखि कोहलपुरमा रहेर कोरियन भाषा सिकाउदै वैदेशिक रोजगारमा जान चाहनेहरुलाई कोरियन भाषामा निपुन वनाउन सफल एमबिडि तथा प्रसिद्ध एजुकेशन कन्सल्टेन्सीका पोख्त प्रशिक्षक समेत रहेका कवरले बाँके जिल्लामै २२ हजार भन्दा बढि कोरियन शब्दहरु कण्ठस्थ गरि कृतिमान समेत राखिसकेको आयोजकले दावि गरेको छ ।

उनै भाषाका श्रष्टा कवरको मेरो कोरियन साथी नामक शब्दकोषको विमोचन कार्यक्रम आज विहिवार कोहलपुरमा सम्पन्न भएको छ ।
भाषा सिक्दै र अध्यन गर्दै गरेका ५ दर्जन बढि प्रशिक्षार्थी, शिक्षा अभियान्ता तथा पत्रकारहरुको उपस्थितीमा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका एविसि एजुकेशन सेन्टरका संस्थापक राम कृष्ण चौधरीले उक्त शब्दकोषको विमोचन गरेका हुन ।

शब्दकोष विमोचन गर्दै प्रमुख अतिथी चौधरीले विमोचित शब्दकोषले बैदेशिक रोजगारका अलावा पर्यटनका रुपमा कोरिया जानेहरुका निम्ति भाषा एक शशक्त माध्यम हुने विश्वास ब्यक्त गरे । बढदो वेरोजगारि र कोरीया जानेहरुको आर्कषणलाई कोशेढुङ्गाको रुपमा शब्दकोष उभिएको भन्दै चौधरीले कोरियाली भाषा मुख्य रूपमा कोरिया र चीन, जापान, अमेरिका, रसिया जस्ता मुलुकहरूमा पनि बोलिने भएकाले बहराष्ट्रुमा भरपुर उपयोग हुने वताए ।

कोरियाली भाषा दक्षिण कोरिया र उत्तर कोरियाली कामकाजको मुख्य भाषा समेत भएकाले त्यहाँ जानकालागि सिक्नैपर्ने भन्दै शब्दकोषका श्रष्टा भोपेन्द्र कवरले कोरियाली भाषा कर्ता कर्म क्रिया हुने भाषा हो । भाषा प्रयोगका लागि क्रिया नै पुग्दो हुन्छ । वाक्यमा म, तिमी जस्ता सर्वनामहरूको प्रयोग कमै गरिन्छन् । वचन, लिङ्ग, विभक्तिका कोरियाली भाषामा छैनन् भन्ने कुराको समेत जानकारी दिए ।

उनले स्थानिय स्तरका भाषा प्रशिक्षार्थीहरुले आफनो पुस्तक अध्यन गरेर भरपुर फाईदा लिन सक्ने भन्दै आफनो पुस्तकलाई वजारीकरण, प्रचार प्रसार र खरिद विक्रिका निम्ति समेत सरोकारवालाहरुलाई आव्हान गरेका छन ।

दिपक आलेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा शारदा कन्सल्टेन्सीका रोशाराज गौतम, एविसिका एसबि बुढा लगाएतले प्रकाशित कृतिका वारे चर्चा गरेका थिए । प्रशिद्ध एब्रोड स्टडि कन्सल्टेन्सीका एसबि बुढाको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन एमबिडि कम्प्युटर ईन्स्टिच्युटका संचालक मोहन खड्काले कार्यक्रमको संचालन गरेका थिए ।

  • १७ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech