५ जेष्ठ २०८१, शनिबार

प्रदेश स्तरिय तेक्वान्दो छनौट प्रतियोगितामा बाँकेबाट यी खेलाडिले पाए सफलता
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत लुम्विनी प्रदेश स्तरिय तेक्वान्दो छनौट प्रतियोगिता शुक्रवार रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ ।

बाके जिल्लाबाट सहभागिता जनाएका तेक्वान्दाका विभिन्न बिधाका खेलाडीहरु बागमति प्रदेश राष्ट्रिय प्रतियोगिताका निम्ति छनोट भयको बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले न्युज मानसरोवरलाई बताए । यसरी बाँके जिल्लाबाट छनौन हुनेहरुमा फाइट तर्फ रामरति थारु, इन्दु बुढा र सन्तोष थारु रहेका छन भने पुम्से बिधामा सुजल चन्द, प्रबेस राना र नबिन भन्डारी रहेका छन ।

सफल खेलाडिहरुले लुम्विनी प्रदेशको नेतृत्व गर्दै बागमति प्रदेशमा हुने तेक्वान्दो प्रतियोगितामा सहभागी जनाउने छन । बाँके जिल्लाबाट रेफ्रीमा श्यम भटटराइको नेतृत्वमा खेलाडिहरुको टिम खेलकालागि १६ गते प्रस्थान गरेको थियो । १२ जिल्लाका खेलाडिहरुको सहभागिता रहेको लुम्बिनी प्रदेश तेक्वान्दो प्रतियोगिता भैरहवामा  प्रदेश कोषाध्यक्ष कोशिस खड्काको नेतृत्वमा सम्पन्न भएको बताईएको छ ।

  • १८ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech