५ जेष्ठ २०८१, शनिबार

काेहलपुरमा एन्फा कम्युनिटी काेचिङ काेर्षको शुभारम्भ
  • न्युज मानसराेवर

काेहलपुर:  बाँकेकाे काेहलपुर नगरपालिकामा शनिबारदेखि एन्फा कम्युनिटी कोचिङ कोर्ष सुरू भएकाे छ । कोहलपुर नगरपालिकाको आयोजनामा शनिबारदेखि सुरू भएकाे हाे । काेर्षकाे एक कार्यक्रमकाबीच काेहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बाेल्दै नगर प्रमुख आचार्यले लगातार हुने खेलकुद प्रतियोगिताहरू काेहलपुरकाे विकासमा सहयाेग पुग्ने बताए । खेलकुदकाे विकासका लागि टाेल टाेलमा खेलाडी र प्रशिक्षक उत्पादन गनर्ने उद्देश्य रहेकाे उनकाे भनाई छ ।

स्वागत मन्तव्य व्यक्त गर्दै उपप्रमुख संगीता सुवेदीले खेलकुदकाे विकासकाे लागि तालिम आवश्यक रहेकाे बताइन् । उनका अनुसार खेलाडीले राष्ट्रकाे प्रतिनिधित्व गर्ने भएकाेले खेलाडी उत्पादनमा लगानी गर्नुपर्छ । काेहलपुरकाे विकासमा सबैकाे भुमिका आवश्यक छ । काेहलपुरमा विभिन्न प्रतियोगिता सञ्चालन भइरहेका छन् ।

एन्फा केन्द्रीय सदस्य तथा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भाेजराज शाहीका अनुसार प्रशिक्षणले नयाँ खेलाडी उत्पादनमा सहयाेग पुग्नेछ । रेसिङ साहारा क्लबद्वारा सञ्चालन हुने काेहलपुर गाेल्ड कपका संयाेजक रामबहादुर मल्लले कपलाई संस्करणका रूपमा विकास हुनुपर्ने बताए ।

एन्फा प्राविधिक निर्देशक हरि खड्का, हेड काेच सञ्जित सिंह काेर्ष फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । प्रशिक्षणमा बाँके,दाङ र कपिलवस्तुसहित ६ जिल्लाका ३५ जनाकाे सहभागीता रहेकाे छ ।

  • १९ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • Nabintech