२३ बैशाख २०८१, आईतवार

कोहलपुरमा संचालित चार दिने ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ समापन
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँके जिल्लाको कोहलपुरमा २८ वर्षपछि आयोजना भएको चार दिने ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ आज सम्पन्न भएको छ । कोहलपुर नगरपालिका र रेसिङ साहारा क्लबबीचको सहकार्य र एन्फाको सहयोगमा सञ्चालन भएको ‘डी’ लाइसेन्सकाे उक्त कोचिङ्ग कोर्षकाे कोहलपुरमा आज एक कार्यक्रममको आयोजना गर्दै समापन गरिएको हो । गरिएको हो ।

कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत हस्तान्तरण गरिएको छ । कार्यक्रमको अध्यक्षता गरेका कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य र प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्कीले सहभागीरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले तालिमबाट सिकेका कुराहरूलाई अरूलाई पनि सिकाउनुपर्नेमा जोड दिइन् । साथै उनले कोहलपुर खेलकुदको हवका रुपमा विकसित हुँदै गएको बताइन् । नगर प्रमुख आचार्यले उद्देश्य अनुरुप प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बताए । उनले यस्ता प्रशिक्षण सञ्चालन गर्नु कोहलपुरकाे दायित्व रहेको बताए ।

बाँके जिल्ला फुटबल संघकाे गठन पश्चात पहिलोपटक कोहलपुरमा २८ वर्षपछि ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सञ्चालन भएको हो । प्रशिक्षणमा बाँके, दाङ, कपिलवस्तु लगायत ६ वटा जिल्लाका ३५ बढी प्रशिक्षार्थीकाे सहभागिता रहेको थियो ।

चार दिनसम्म कोहलपुरकाे तेह्र बिघामा सञ्चालन भएको कोचिङ्ग कोर्षलाई एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिएका थिए ।

  • २२ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech