२२ बैशाख २०८१, शनिबार

कोहलपुरमा महिला समुहहरुविच भलिभल प्रतियोगिता, बिभिन्न संघ सस्था सम्वद्ध महिला प्रथम
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:’महिलामा लगानी सभ्य र सम्मुन्नत समाजको थालनी’ भन्ने नाराका साथ कोहलपुर नगरपालिकाले ११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज विहिवार महिलाहरुविच भलिवल प्रतियोगिता सम्पन्न गरेको छ । कोहलपुर नगरपालिका महिला तथा बालबालिका शाखाले विहिवार आयोजना गरेको महिला भलिवल प्रतियोगितामा बिभिन्न संघ सस्था सम्वद्ध महिला कर्मचारिहरुको समुह प्रथम हुन सफल भएको छ ।

यसैगरि द्वितीय कोहलपुर नगरपालिका अन्तरगतका महिला कर्मचारिहरुको समुह भएको छ भने तस्रो स्थानमा महिला पत्रकारहरुको समुह आउन सफल भएको छ ।

विभिन्न ६ टिम (महिला शिक्षक, महिला जनप्रतिनिधि, महिला कर्मचारी, महिला पत्रकार, विभिन्न संघ संस्थाका महिला कर्मचारी र महिला उद्यमी) ले सहभागिता जनाएको भलिवल प्रतियोगितामा महिला जन प्रतिनिधिहरुको समुहले समेत रोमाञ्चक खेद प्रर्दशन गरेको थियो  । प्रदेश सांसद बसन्ती अधिकारी, सञ्जु कुमारी चौधरी, जिल्ला समन्वय समितीका उपाध्यक्ष सिता कार्कि, नगर उप प्रमुख संगिता सुवेदी समेतले आफनो खेल प्रस्तुत गरेका भएपनि आफना प्रतिस्पर्धिलाई भने हराउन सकेनन ।

महिला महिला विच भएको भलिवल खेल निकै रोमाञ्चक हुनुका साथै महिला उद्यमीहरु, सहकारीकर्मिहरु समेतले आफनो लुखेको भलिवल खेल्ने कौशल प्रस्तुत गरेका थिए ।

भोलि शुक्रवार २५ गते ११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा कोहलपुरमा प्रभातफेरी कार्यक्रमको समेत आयोजना गरिएको छ भने कोहलपुर नगरपालिका भित्र सक्रिय रुपमा काम गरिरहेका एक जना पत्रकार महिला,एक जना बालविकास शिक्षिका,एकल महिला व्यवसायि,अपाङ्ग महिला व्यवसायि महिला उधमि लाई सम्मान सहित पुरस्कृत गरिने कार्यक्रमको पनि तय गरिएको छ ।

  • २४ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech