६ जेष्ठ २०८१, आईतवार

नेपालगन्जमा बिहीबारबाट ‘नेपाल कल्चर फेस्टिवल’
  • न्युज मानसराेवर

नेपालगन्ज : नेपालगन्जमा बिहीबारबाट ‘नेपाल कल्चर फेस्टिवल’ सुरु भएको छ । नेपालगन्ज रंगशालामा बिहीबार बेलुका बाट सुरु भएको उक्त फेस्टिवललाई लुम्बिनी प्रदेशका निर्वतमान शहरी विकास मन्त्री कृष्णा केसी ‘नमुना’ र लुम्बिनी प्रदेशकी सांसद माया पुनले शुभकामना दिए ।

निर्वतमान शहरी विकास मन्त्री ‘नमुना’ ले यस्ता खालका कल्चर फेस्टिवलले नेपाली सँस्कृतिको जगेर्ना गर्ने विश्वास गरिन् । बास नेपालको सहकार्यमा अन्तरालले फेस्टिवल आयोजना गरेको हो । फेस्टिवल यही फागुन २७ गतेसम्म चल्नेछ ।

फेस्टिवलमा ईन्डियन आइडलमा दिएको प्रस्तुतीले चर्चामा आएकी गायिका मेनुका पौडेल लगायतको प्रस्तुती रहनेछ । फेस्टिवलका परिकल्पनाकार एवम् अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले नेपाली सँस्कृति, भेषुभषा, र इतिहासलाई झल्काउने गरी नेपालमा पहिलो पटक फेस्टिवल आयोजना गरिएको बताए ।

फेस्टिवलमा नेपाली मौलिक कला सँस्कृति, गीत संगीत, नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रबद्र्धन तथा प्रचार-प्रसार गरिने शाहले जानकारी दिए । फेस्टिवलको पहिलो दिन पनि विभिन्न कलाकारको प्रस्तुती रहेको आयोजकले जनाएको छ ।

  • २५ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech