६ जेष्ठ २०८१, आईतवार

नेपाल कल्चर फेस्टिवलमा गायिका मेनुका पौडेलको बेजोड प्रस्तुती
  • न्युज मानसराेवर

नेपालगन्ज : नेपालगन्जमा सञ्चालित नेपाल कल्चर फेस्टिवलमा चर्चित गायिका मेनुका पौडेलले आफ्नो बेजोड प्रस्तुती दिएकी छन् । बास नेपाल सँगको सहकार्यमा अन्तरालले बिहीबारबाट उक्त फेस्टिवल नेपालगन्ज रंगशालामा सञ्चालन गरेको थियो । फेस्टिवलको अन्तिम दिन आइतबार पौडेलले आफ्नो प्रस्तुती दिएकी हुन् ।

पछिल्लो समयमा एकाएक चर्चामा आएकी गायिका पौडेलले नेपालगन्जमा पहिलो पटक आफ्नो प्रस्तुती देखाएकी हुन् । फेस्टिवलमा उनले आफ्ना थुप्रै गित पस्केकी थिइन् । उनीसहित चर्चित ब्याण्डको पनि प्रस्तुती रह्यो । वरिष्ठ साहित्यकार तथा पत्रकार नवराज लम्साल र सकुन्तला शाहको उद्घोषणसँगै नेपालगन्ज रंगशालाको सांगितिक माहोल तात्यो । उनलाई उपस्थित दर्शकले खुलेरै साथ दिएका थिए । इण्डियन आइडलमा प्रस्तुती देखाएर पौडेले एकाएक चर्चामा आएकी हुन् ।

दृष्टिविहिन भएर पनि सांगितिक क्षेत्रमा मेनुकाको लगाव र सफलताले सबैको ध्यान तानेको छ । मेनुकाले नेपाल आइडलमा भाग लिएपछि नेपालीहरु माझ चिनिएकी थिईन । कार्यक्रम समापनका अवसरमा अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले फेस्टिवल सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद दिएका थिए । फेस्टिवललाई आगामी वर्षमा पनि निरन्तरता दिने उनले प्रतिवद्धता जनाए । सो क्रममा कलाकार टोलीलाई सम्मान समेत गरिएको थियो ।

  • २८ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech