२२ बैशाख २०८१, शनिबार

पहिलो कप्तान नेरीले लिइन् क्रिकेटबाट सन्यास
  • न्युज मानसराेवर

काठमाडौं: नेपाली महिला क्रिकेट टीमकी पूर्वकप्तान नेरी थापामगरले क्रिकेटबाट सन्यास लिएकी छन् । उनले सोमबार सामाजिक संजालमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रियबाट सन्यास लिएको घोषणा गरेकी हुन् ।

‘खेलबाट सन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु। म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो। मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन,’उनले लेखेकी छन् ।

नेरी थापाको कप्तानीमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेको थियो । सन् २००७ को एसीसी महिला च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय टिमको कप्तानी गरेकी थिइन्। नेरीको कप्तानीमा नेपाली यु-१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु-१९ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो।

नेरी थापा नेपाली महिला घरेलु क्रिकेट इतिहासकै पहिलो शतक बनाउने पहिलो खेलाडी हुन्। २०७० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालगंजको ९ तत्कालिन क्षेत्र नम्बर ५ ० लागि खेल्दै काठमाडौँ बिरुद्ध १२१ रन बनाउदै किर्तिमान कायम गरेकी थिइन् ।

  • ६ चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech