५ जेष्ठ २०८१, शनिबार

नेपालगञ्जमा आज ज्योती मगर आउने, महोत्सवको पहिलो दिन नै निराशलाग्दो
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको दोस्रो दिन बुधबार आज चर्चित गायिका तथा मोडल ज्योती मगरको  प्रस्तुती रहने आयोजकले जनाएको छ । ”मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको” भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवको दोस्रो दिन ज्योतीले आफ्नो प्रस्तुती देखाउने महोत्सवका प्रचार-प्रसार संयोजक इन्द्रबहादुर खत्रीले जानकारी दिए ।

ज्योती मगरका साथै गायक कमल बिसी ‘माल्दाई’ र सपना शाहीको पनि प्रस्तुती रहने  छ ।  पुरुषोत्तम सापकोटा र रुपा घर्ती मगरको जोडीले कार्यक्रममा उद्घोषण गर्नेछन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति महिला उद्यमी समिति बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगर समिति सहआयोजक रहेको उक्त महोत्सवलाई मुख्य प्रायोजन होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ ।

महोत्सवकै क्रममा होली पर्ने भएकाले चैत १२ गतेका दिन होली उत्सव कार्यक्रम राखिएको छ । होली उत्सवका दिन नेपाली सिने जगतका ख्याती प्राप्त कलाकार पल शाहलाई आमन्त्रण गरिएको छ । तराई क्षेत्रमा गर्मी बढ्न थालेको अवस्थालाई ध्यानमा राखेर महोत्सव साँझ ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवमा महत्वाकांक्षीरुपमा दुई करोड बढीको कारोबार तथा दुई लाख बढी दर्शक अवलोकन गर्न आउने अपेक्षा गरिएको छ ।

महोत्सवको उदघाटनमा भने उत्साहजनक जन सहभागिता नरहेको आयोजकले स्विकारेको छ । झांकिमा आएका ब्यक्ति बाहेक अन्य स्थानियहरुको सहभागिता नभएको महत्सवको उदघाटन भने लुम्विनी प्रदेश सांसद कृष्ण केसि नमुनाले गरेकी हुन ।

अतिथीको नाम वाचनमै एक घण्टा बढि समय खर्चिएका उदघोषकले बहालवाला मन्त्रि भण्डारीलाल यादवलाई बिशिष्ट अतिथीमा नाम बाचन गरेका थिए भने निर्वतमान मन्त्रि कृष्ण केसिलाई प्रमुख अतिथीको आसन ग्रहण गराएका थिए । नाम नबोलाउदै मञ्चमा आफै स्वघोषित अतिथीका रुपमा अन्य ब्यक्ति र आयोजकहरु स्वयम नै वसेपछि अतिथीको नाम मात्र बाचन गरिएको थियो भने अतिथी बस्ने ठाउ नहुदा बोलाईएका ब्यक्तिहरु समेत डयासमा जान सकेका थिएनन ।

टिकटको पैंसा समेत फ्रि गरेको पहिलो दिन नै उत्साहजनक जन सहभागिता नभएपछि महोत्सवको पहिलो गास मै ढुगां लागेको छ त्यसो त कोहलपुर र नेपालगञ्ज भनेर आयोजकले विभेदको निति अंगिकार गरेपछि महोत्सव थप प्रभावित हुने आकलन गरिएको छ ।

  • ७ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech