२४ बैशाख २०८१, सोमबार

प्राज्ञिक विद्यार्थी परिषद कर्णाली प्रदेशको चौथो अधिवेशन सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कर्णाली प्रदेशको चौथो अधिवेशन भव्यताका साथ  सम्पन्न भएको छ । परिषद्को चौथो प्रदेश अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेशनका क्रममा विभिन्न विषयसँग सम्बन्धित सुझाव संकलन तथा छलफल भएको थियो ।

अधिवेशनले कर्णाली प्रदेश अध्यक्षमा पुनः भिम प्रसाद खरेल लाई निर्वाचित गरेको छ । यस्तै सचिवमा जनता रैका, उपाध्यक्षमा भिम बहादुर रोकायालाई निर्वाचित गरेको छ । सह-सचिवमा अरुणा आचार्य, टविन कार्की, र दिपा वली निर्वाचित भएका छन् भने प्रदेश संगठन सचिवमा शेखर जोशी चयन हुनु भएको छ । यसैगरी छात्रा प्रमुखमा सिता खनाल, सह–छात्रा प्रमुखमा जयन्ती सिंह निर्वाचित भएका छन् ।

व्यवस्था प्रमुखमा सुमन घिमिरे, सह–व्यवस्था प्रमुखमा गोबिन्द भण्डारी, प्रदेश जनजाती कार्य प्रमुख सामदान लामा, प्रदेश सह– जनजाती कार्य प्रमुख जयश्वरी चौधरी, प्रदेश मिडिया कार्य प्रमुख पुष्कर खड्का, सह–मिडिया प्रमुख शिवानी विक, प्रदेश कार्यालय प्रमुख महेन्द्र चौलागाँई निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यमा बिनोद अधिकारी, निरु भण्डारी, विष्णु कार्की, नविन गिरी, देवी काफ्ले, चन्द्र पौडेल, रमेश वड, भुपेन्द्र घिमिरे, जिबराज केसी,भुपराज खत्री निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन प्रध्यापक डा. दुर्गा प्रसाद खरेलले गर्नु भएको थियो । उहाँले परिषद्ले हरेक क्षेत्रमा सकारात्मक कार्य गरिहेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनु भयो । अधिवेशनमा १०० भन्दा बढी प्रतिनिधिसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको थियो ।

  • ११ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech