२२ बैशाख २०८१, शनिबार

मैत्रीपूर्ण फुटबल खेलको ट्रफी नेपालगन्ज उद्योग वाणिज्य सङ्घलाई

देशमा भैरहेको भ्रष्टाचार र भ्रष्टचारीका लागि सानो भएपनि खेलको माध्यमद्धारा सन्देश प्रवाह

  • न्युज मानसराेवर

नेपालगञ्ज: भ्रष्टचारविरुद्ध मेरो १ गोल’ नारासहित गत चैत्र ७ गतेदेखि नेपालगन्जमा जारी विभिन्न पेशाकर्मीहरु बिचको मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको ट्रफी नेपालगन्ज उद्योग वाणिज्य सङ्घले हात पारेको छ ।

आइतबार बाँके अटो मोबाइल्स एसोसियसन र नेपालगन्ज उद्योग वाणिज्य सङ्घबिचमा भएको फाइनल खेलमा उद्योग वाणिज्य सङ्घले जित निकालेको हो ।

नेपालगन्ज ग्यालरीको आयोजना तथा खबरगन्ज र बास नेपालको सह आयोजनामा भएको मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको फाइनल खेलमा दुबै टिमले खेल अवधिभर कुनै गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमार्फत निर्णय गराइएको थियो ।

पेनाल्टीमा नेपालगन्ज उद्योग वाणिज्य सङ्घले बाँके अटो मोबाइल्स एसोसियसनलाई ५–४ गोलले हरायो । विजेता र उपविजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।नेपालगन्ज ग्यालरीका संस्थापक समिरमान श्रेष्ठको अध्यक्षतामा भएको समापन समारोहमा प्रतिनिधि सभा सदस्य डा.धवल समशेर राणाले रेफ्रीलाई बल दिएर फाइनल खेलको शुभारम्भ गरेका थिए ।

फाइनल खेलको शुभारम्भ गर्दे डा. राणाले भ्रष्टाचार विरुद्धको अभियानलाई एक्यवद्धता स्वरुप गरिएको फुटबल खेलले सकारात्मक सन्देश प्रवाह गरेको बताए । देशमा भैरहेको भ्रष्टाचार र भ्रष्टचारीका लागि सानो भएपनि खेलको माध्यमद्धारा सन्देश दिएको डा. राणाले बताए ।

पेशाकर्मीहरु बिचको मैत्रीपुर्ण फुटबल खेल प्रतियोगितामा १३ टिमले सहभागिता जनाएका थिए । कार्यक्रम सफल बनाउन सहकार्य र सहयोग गर्ने संस्था, व्यक्तिहरुलाई आयोजकले कदरपत्रले सम्मान गरेको थियो ।

  • ११ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech