२१ बैशाख २०८१, शुक्रबार

कोहलपुर नगरले एसईईमा समन्वय गर्नुको साटो अनुगमण गर्ने भएपछि प्याव्सनको आपत्ति

अनुगमनका लागि केन्द्राध्यक्षको अनुमति आवश्यक

  • न्युज मानसराेवर

कोहलपुर बाँके: बाँकेमा रहेको कोहलपुर नगरपालिकाले पालिका अन्तर्गत सञ्चालन हुने एसईई परीक्षामा समन्वय गर्नुको साटो अनुगमन गर्ने भएपछि प्याव्सन बाँकेले यस कदमको खुलेरै विरोध गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने उक्त परीक्षा सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गर्ने व्यवस्था भएपनि अनुगमन हुने खालको निर्णय आएपछि निजी विद्यालयहरुले विरोध गरेका हुन ।

कोहलपुर बाहेक अन्य स्थानीय तहले भने एसईई अनुगमनको तयारी गरेको जानकारी नभएको संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन बाँकेले जनाएको छ । ‘जिल्लाभरी एकै किसिमको नियम हुनुपर्छ, कोहलपुरमा मात्रै अनुगमन गर्ने भन्ने विषय उचित होइन’, प्याब्सन बाँकेका अध्यक्ष यम रावतले भने ।

कोहलपुर नगरपालिकाले कोहलपुरका केन्द्रमा २ जना सहजकर्ता निरीक्षक खटाउने बताइएको छ । त्यसका लागि केन्द्राध्यक्षलाई निरीक्षकको लागि व्यवस्थापन गर्न भनिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख राम सुरेश यादवले एसईई परीक्षा सम्बन्धमा स्थानीय तहसँग समन्वय गर्न सकिने बताए । उनले अनुगमनका लागि केन्द्राध्यक्षको अनुमति आवश्यक हुने बताए । सबै पक्रिया पुरा गरेरै नगरले निर्णय गरेको होला भन्दै स्थानिय तहले अनुगमण गर्ने ब्यबस्था कहिं कतै नरहेको समेत प्रष्ट पारे ।

स्मरण रहोस यस अघि सञ्चालित कक्षा ८ को परीक्षामा समेत नगरपालिकाले ८ केन्द्रमा ८ जना वडा अध्यक्ष खटाएको थियो । नगर प्रमुखले वडा अध्यक्ष वडाको जवाफदेहि भएको भन्दै आवश्यक सहजिकरणका लागि खटाएको दावि गरेपनि केहि वडामा सम्वन्धित वडाका वडा अध्यक्ष समेत सो सहजिकरण टोलिमा परेका थिएनन ।

  • ११ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech