१५ बैशाख २०८१, शनिबार

बाँकेबाट ४६ बालबन्दीले दिए एसइई परीक्षा

नेपालगन्जस्थित बाँके कारगारबाट पनि एक कैदी बन्दीले समेत एसइई दिंदै

  • न्युज मानसराेवर

नेपालगन्ज: विहिबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा एसइईमा बाँकेबाट दुई वटा बाल सुधारगृहमा रहेका ४६ जना बालबन्दीहरु सहभागी भएका छन् । जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृह र नौबस्तास्थित बालसुधार गृहमा रहेका ४६ जना बालबन्दीहरु यस पटकको एसइईमा सहभागी भएका हन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरलका अनुसार डुडुवाको जयन्दु बाल सुधारगृहबाट ३४ जना र नौबस्ता बाल सुधारगृहबाट १२ जना बालबन्दी गरेर ४६ जना परीक्षामा सहभागी भएका छन् । सोही प्रकारले नेपालगन्जस्थित बाँके कारगारबाट पनि एक कैदी बन्दीले समेत एसइई दिईरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो।

उहाँले बाँकेमा पहिलो दिनको परीक्षा निकै शान्तीपुर्ण र मर्यादित तरिकाले भएको जनाउँदै परीक्षालाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सुरक्षाको कडा प्रबन्ध मिलाउनुका साथै अनुगमन र निरिक्षण पनि निरन्तर गरिएको बताउनुभयो ।

परीक्षालाई स्वच्छ र निष्पक्ष बनाउन सुरक्षाकर्मीको रोहबरमा मात्र प्रश्न पत्र खोलिएको र परीक्षा अवधी भर विद्यार्थि र निरिक्षक दुबैलाई परीक्षास्थलमा मोबाइल प्रयोग गर्न नदिने व्यवस्था मिलाईएको प्रजिअ पोखरेलले बताउनुभयो । बाँके जिल्लामा ३४ वटा परीक्षा केन्द्र मार्फत नौ हजार २९३ जना परीक्षार्थिहरु परीक्षामा सहभागि भएको जनाइएको छ । 

  • १५ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech