१५ बैशाख २०८१, शनिबार

बाँकेमा मनसुनबाट १५ हजारभन्दा बढी परिवार प्रभावित हुनसक्ने

आगलागी तथा डढेलोको पूर्व तयारी र जोखिम न्यूनीकरणका लागि कार्ययोजना बनाई कार्यान्वयन गर्ने

  • न्युज मानसराेवर

नेपालगञ्ज:  बाँकेमा मनसुनबाट १५ हजारभन्दा बढी परिवार प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ ।  जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मनसुनबाट १५ हजार मानिस प्रभावित हुनसक्ने पूर्वानुमान गर्दै मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले हरेक बर्ष वार्षिक पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने गरेको छ ।

बैठकले यस बर्ष वैशाख मसान्तसम्म पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेको हो । समितिले आगामी बर्ष जिल्लामा हुने विपद्का घटनाहरूबाट २५ हजार परिवार प्रभावित हुन सक्ने आङ्कलनसहित पूर्व तयारी थाल्ने भएको हो ।

बैठकले आगामी बर्ष २०८१ का लागि विपद् व्यवस्थापनमा अगुवाइ गर्न रेडक्रस, बी–ग्रुप, मानवीय साझेदारी मञ्च, सेभ द चिल्ड्रेनलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

बैठकले गर्मी मौसम सुरु भइसकेकाले आगलागी तथा डढेलोको पूर्व तयारी र जोखिम न्यूनीकरणका लागि सबै स्थानीय तहले पनि कार्ययोजना बनाई कार्यान्वयन गर्ने लगायतका निर्णय गरेको विपद फोकल पर्सन रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

  • १६ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech