२३ बैशाख २०८१, आईतवार

पर्यापर्यटन र जैविक विबिधता संरक्षण: बाँकेमा जेडएसएलको यो प्रयास

नेपालमा १७ हजार सन्तानब्बे प्रजातीका वन्य जन्तु संरक्षणमा जेडिएसएलको महत्वपुर्ण योगदान

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: जुलोजिकल सोसाईटि अफ लण्डन जेडएसएलले नेपालमा रहेर ९ स्थानमा पर्यापर्यटन र जैविक विबिधता सम्बन्धि अनुकरणिय प्रयास गर्दै आएको पाईएको छ ।

बिभिन्न ९ वटा स्थानमा नेपालका राष्ट्रिय निकुञ्जसंग सहकार्य गर्दै मानव तथा वन्य जन्तुसंगको सह अस्तित्व र सह सम्वन्ध विस्तारका साथै मध्यवर्ति क्षेत्रका नागरिकहरुको जिविकोपार्जन देखि क्षतिपुर्ति सम्मका काम गर्दै जेडएसएलले उदाहरणिय काम गरेको वताउछन ईनरुडेकका अध्यक्ष धर्मलाल रोकाय ।

नेपालमा १७ हजार सन्तानब्बे प्रजातीका वन्य जन्तु रहेको परिप्रेक्षमा प्रकृतीको साईकल सञ्चालनमा समेत यस्ता प्रजातीको संरक्षण गर्न महत्वपुर्ण अभियानमा लागेको जेडएसएलले आफना साझेदारी संस्थाहरुसंगको सहकार्यमा मध्यवर्ति क्षेत्रमा बृक्षारोपन, प्राकृतीक विपद पुर्व सुचना प्रणाली जडान, अध्यन भ्रमण तथा वित्तीय शुसासन एबं सहकारी तालिम, सामुदायिक सोलार बत्ति जडान, होम स्टे प्रर्बद्धन जस्ता कार्यहरु गर्दै पर्यापर्यटनमा प्रर्बद्धन र जैविक विबिधता संरक्षणमा टेवा पुरयाउदै आएको छ ।

बाँकेमा ९ वटा मध्यवर्ति समुह मार्फत बन्य जन्तुवाट पुग्ने नोक्शानलाई मध्य नजर गर्दै तत्काल राहतको लागि १०/ १० लाखको राहत कोषको ब्यबस्था समेत गरेको बताईएको छ । ९ वटा बफर जोन रहेको बाँके राष्ट्रिय निकुञ्ज भित्रका जनताको जिवन स्तर उकास्न समेत विबिध कार्यक्रम सञ्चालन गर्दै आएको जेडएसएलले बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन प्रर्बद्धनका लागि गाभर भ्यालिमा छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत  सम्पन्न गरेको  छ ।

बाँके जिल्लाका ६० बढि पत्रकारहरु, बाँके राष्ट्रिय निकुञ्जका कर्मचारी तथा सरोकारवालाहरु विच गरिएको अन्तरक्रियामा जैविक विबिधता सम्बन्धि बृत्तचित्र तथा प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । जेडएसएलका प्रदिप सेढाईले प्रस्तुत गरेको प्रतिबेदनमाथि पत्रकारहरुले आ आफनो धारणा समेत राखेका थिए ।

प्रकृतीका अनुपम उपहार वन्य जन्तुको संरक्षण हुन सके मात्र पर्यटन क्षेत्रले वजार पाउने भन्दै सेढाईले सचेतनाको कमि, सुरक्षाको चुनौतीका कारण मध्यवर्ति क्षेत्रका जनताहरु प्रताडित रहदै आएको उल्लेख गरे । उनले निति निर्माण तहमा समेत जेडएसएलले वकालत गर्दै आएको वताउदै समुदायलाई तत्काल राहत स्वरुप उपचार, यातायात, काजक्रिया जस्ता शिर्षकमा उपभोक्ता समुह मार्फत भुक्तानि दिंईदै आएको बताए ।

जेडएसएलका बाँके बर्दिया संयोजक संजय कडेलले मध्यवर्ति क्षेत्रमा सो क्षेत्रमा वसोवास गर्ने जनताको एक घोगाको समेत क्षतिपुर्ति दिने वातावरण तयार पार्न जेडएसएल लागि परेको बताउदै हाल कोष खडा गरि तत्काल राहत दिईदै आएको बताए । उनले राहत हैन अव राज्यसंग पिडित समुदायलाई क्षतिपुर्ति सहितको राहत आबश्यक रहेको भन्दै निति निर्माण तहमै यो बिषय पुगिसकेकाले छिट्टै लागुहुने गरि आउने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, नाट्टा च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देल , बाँके राष्ट्रिय निकुञ्जका रेन्जर यम रावत लगाएतले पर्यापर्यटन प्रर्बद्धन तथा जैविक विबिधता सम्बन्धि आ-आफनो विचार राखेका थिए । जेडएसएलको सहयोगमा नेपालमा ईनरुडेक, हिमालयन न्याचुर, एनटिएनसि लगाएत साझेदार संस्थाहरुले वातावरण संरक्षणमा काम गर्दै आएका छन । होम स्टे महासंघ नेपालका महासचिव कृष्ण चौधरीले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न ६ प्रकारका जैविक विविधता संरक्षणमा समेत होम स्टेहरुले योगदान दिईरहेका चर्चा गरिएको थियो ।

  • १९ चैत्र २०८०, सोमबार प्रकाशित

  • Nabintech