६ आश्विन २०८३, मंगलवार

प्रदेश संरचना अपेंडिक्स रोग होः अध्यक्ष थापा
  • न्युज मानसराेवर

कोहलपुर\राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रदेश खारेज गर्नु पर्ने बताएका छन। आज कोहलपुरमा पत्रकार सम्मेलन गर्दै थापाले  देश खारेज को एजेण्डा लिएर मेची महाकाली अभियान चलाउने समेत बताए ।

प्रदेश सरकारले विचौलियाको काम गरेको भन्दै उनले खारेजीको माग सहित देशदौराह गरिरहेको बताए ।पञ्चायत कालदेखि गणतन्त्रसम्मको लामो राजनितिक यात्रा गरिरहेका  थापाले आफ्नो पार्टी राप्रपाको प्रदेशमा कुनै संरचना नबनाएको समेत उल्लेख गरे ।

थापाले सरकार र प्रतिपक्ष दलका केही नाम उल्लेख गरी भ्रष्ट, घुसखोरी, भष्टाचारी, सरकारी जग्गा अपचलन लगायत दर्जनौ बढि काण्डहरुका बारेमा समेत उल्लेख गरे । थापाले राप्रपा राजेन्द्र लिङदेलले फुटाएको ठोकुवा गरे ।

आफुले ‘गिताको कमस खाएर’ राप्रपा फुटाउँदिन भनेकै छु, तर धार्मिक मान्यता हुनुपर्छ भन्ने हामीले त्यो गलत गरेका छैनौ ।’ उहाँले बाह्य शक्तिको प्रयोग भएपछि बाध्यता परेपछि राप्रपा फुटेको उनले स्वीकारे ।

  • २० चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech