२० बैशाख २०८१, बिहीबार

मध्यराति गायक राजेश पायल राई पक्राउ
  • न्युज मानसराेवर

काठमाडौँ: गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ पिएर होहल्ला गरिरहेको अवस्थामा गायक राईसहित तीन जनालाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

‘उनीहरू तीनै जनालाई गएराति नियन्त्रणमा लिई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको छ’, उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’ प्रहरी परिसरका अनुसार उनीहरूलाई अनामनगरस्थित मदनभण्डारी कलेजनजिकैबाट पक्राउ गरिएको हो। मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

  • २२ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech