२१ बैशाख २०८१, शुक्रबार

लुम्बिनीमा गठबन्धनबीच ५ बुँदे समझदारी
  • न्युज मानसराेवर

बाँके\लुम्बिनीमा नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबीच ५ बुँदे सहमति भएको छ । बिहीबार सत्तासाझेदार दलहरूले नयाँ सरकार गठनका लागि साझा ढंगले अघि बढ्न सहमत भएका हुन् ।

सहमति पत्रमा एमाले संसदीय दलका नेता लीला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गरेका छन् ।

मन्त्रालय भागबन्डा तथा प्रदेशमा हुने राजनीतिक नियुक्ति सबैको अपनत्व हुने गरी गर्ने समझदारी गरेका हुन् । दलहरूको सहमतिअनुसार धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्दैछन् । उनीहरूले यो सहमति गरेसँगै नाउपा पछि गठबन्धनमा जोडिएको छ ।

  • २२ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech