२१ बैशाख २०८१, शुक्रबार

फेक नतिजा प्रकरण: नगरपालिकाद्धारा गठित छानविन समिती बिगठन गर्न माग

छानविन समिती दुधको साँछि विरालो विगठन गर्न माग

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुर नगरशिक्षाद्धारा सञ्चालित आधारभुत तह उतीर्ण परिक्षाको नतिजामा चलखेल बारे न्युज मानसरोवरले समाचार प्रकाशित गरेपछि यतिबेला कोहलपुरको माहोल तातिएको छ ।‘फलाम तातिएकै बेला घन हाने आकार लिन सक्ने’ महशुस गरि बिभिन्न विद्यार्थी संगठन र पार्टिहरुले बिज्ञप्ति जारी गर्दै नगरपालिकाले एकलौटि रुपमा गठन गरेको छानविन समिती विगठन गर्न माग गरेका छन ।
अनेरास्ववियुले बिज्ञ सहितको छानविन समिती गठन नगरे चरणबद्ध आन्दोलन गर्ने जनाएकै भोलि पल्ट उस्को माउ पार्टि नेकपा एमाले नगर कमिटी कोहलपुरले समेत एब विज्ञप्ति जारी गर्दै नतिजा ढाकछोप गर्न कर्मकाण्डि समिती बनाएको ठहर गर्दै उक्त समिती तत्काल विगठन गर्न माग गरेको छ ।

नेकपा एमाले नगर कमिटी कोहलपुरका अध्यक्ष नम प्रसाद शर्माद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा कोहलपुर नगरपालिकाले संचालन गरेको शैक्षिक सत्र २०८० को आधारभूत तहको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्दा गम्भीर प्रकृतिको मिलेमतो भएको ठहर गर्दै आफनो पार्टी नेकपा एमाले कोहलपुर नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।

उक्त नतिजा प्रकाशनमा देखिएको चलखेल तथा त्रुटि सम्बन्धी छानविन गर्न भनी नगर सरकारद्वारा गठन गरिएको छानविन समिति केवल अपराध ढाकछोप गर्ने उद्देश्यले गठन गरिएको ठहर गर्दै तत्काल उक्त छानविन समिति विघटन गरी शैक्षिक क्षेत्रका विज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतको प्रतिनिधित्व हुने गरी नयाँ सर्वसम्मत छानविन समिति गठन गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ विज्ञप्तिमा अगाडि भनिएको छ ।

सर्वसम्मत नयाँ छानविन समिति गठन नगरी हाम्रो मागलाई उपेक्षा गरी मौजुदा कथित छानविन समितिद्वारा नै छानविन प्रक्रिया अगाडि बढाइएको खण्डमा हाम्रो पार्टी नेकपा एमाले कोहलपुर नगर कमिटी चरणवद्ध रुपले कडा आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छ भन्दै विज्ञप्तिमा नयाँ छानविन समिती गठन गर्न माग गरिएको छ ।

हाल छानविन समितीमा वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र शाहको नेतृत्वमा नगर प्रहरी प्रमुख विर बहादुर थापा, ग्रिन पिसका संस्थापक बिएल भारती, शिक्षक महासंघका नगर अध्यक्ष राम प्रसाद चापागाई, शिक्षकहरु ऋषि शर्मा र सुमित्रा न्यौपाने रहेको नगरपालिका स्रोतले न्युज मानसरोवरलाई अपुष्ट खवर दिएको छ ।

परीक्षा गराउन जाने वडा अध्यक्ष नै संयोजक भएपछि छानविनको प्रतिवेदन समेत फेक आउने भन्दै चोक चौराहमा आम नागरिकहरुले चासो र चिन्ता ब्यक्त गर्न थालेपछि बिभिन्न पार्टिहरुले समेत आफनो सक्रियता देखाउन थालेका छन । नेकपा माओबादिले समेत संभवत आजै बेलुका सम्म बिज्ञप्ति जारी गर्ने सोच बनाएको माओवादीका नगर कमिटीका एक नेताले न्युज मानसरोवरलाई बताएका छन ।

  • २७ चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech