२१ बैशाख २०८१, शुक्रबार

सवारी दुर्घटनाको बहिखाता राख्ने देखि फौजदारी अभियोग लागेका सम्म छान विन समितीमा

बिबादित तथा राजनैतिक ब्यक्तिहरु छानविन समितीमा भएको भन्दै अखिल क्रान्तिकारीको आपत्ति

  • न्युज मानसराेवर

कोहलपुर, बाँके:कोहलपुर नगरपालिका नगर शिक्षाले आधारभुत तह उतीर्ण परीक्षा सम्पन्न पश्चात प्रकाशित गरेको रिजल्ट शैक्षिक माफियाहरुको संल्गनतामा फर्जि तरीकाले प्रकाशित गरेको समाचार बाहिरियसंगै गठित छानविन समितीमाथि नै प्रश्न खडा भएको छ ।

नगरपालिकाले बिज्ञहरुको छानविन समिती बनाउनुपर्नेमा बागेश्वरी यातायात समितीका दुर्घटना प्रमुख तथा १ जना फौजदारी अभियोगमा जेल जिवन विताउदै सरकारबाट बाँकि कैद मिनाह भई छुटेका ब्यक्ति समेत छानविन समितीमा राखेपछि उक्त छानविन समिती खारेज गर्नुपर्ने भन्दै युवा तथा विद्यार्थीहरुले बुलंद आवाज निकाल्न थालेका छन ।

यसैविच आज मंगलवार अनेरास्ववियु तथा युवा संघ नेपालको टोलिले नगर शिक्षा प्रमुखको कार्यकक्षमा तालाबन्दि गरेको छ। अनेरास्ववियु बाँकेले हिज सोमवार चेतावनि सहित बिज्ञप्ति जारी गर्दै बिज्ञ सहितको छानविन समिती नवनाए चरणबद्ध आन्दोलनमा उत्रिने जनाएको थियो । आधारभुत तहको परिक्षामा भएको घोटलाको बिरोधमा र उक्त घोटलाको छानबिनका लागि विभिन्न माग राखि २४ घण्टे अल्टिमेटम दिंदा समेत त्यसलाई नगरपालिकाले नजर अन्दाज गरेको भन्दै अनेरास्ववियुले ताला बन्दि गर्न बाध्य भएको अनेरास्ववियुका बाँके जिल्ला अध्यक्ष प्रकाश विकले वताए ।

आफना मागहरू बेवास्ता गरि बार्तामा समेत नबोलाई शैक्षिक क्षेत्रमा जोडीएका दलाल र माफियाहरूलाई संरक्षण गर्ने अभिप्रायले गरेको ब्यवहारप्रती अनेरास्ववियु बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ भन्दै अनेरास्ववियुले आज पनि एक बिज्ञप्ति जारी गरेको छ ।

विद्यार्थी हक र अधिकारका लागि र कोहलपुर नगरपालिकाको आधारभूत तह उतिर्ण परिक्षाको परिक्षाफल निष्पक्ष छानबिनका लागि कोहलपुर नगरपालिकाको शिक्षा शाखा विरूद्ध चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषण गर्दै अनेरास्ववियुले आज कोहलपुर नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा कार्यालयमा अनिश्चितकालिन ताला वन्दि गरेको हो । त्यसो त आज उक्त शाखामा अधिकृत शिला गौतम बाहेक अन्य कर्मचारी उपस्थित थिएनन ।

यसैबिच अखिल क्रान्तिकारीले समेत यस परिघटनामा आफनो समेत ध्यानाकर्षण भएको जनाएको छ । एक प्रेस बिज्ञप्ति जारी गर्दै अखिल क्रान्तिकारीले हालै सम्पन्न माध्यामिक शिक्षा परिक्षाको नतिजा प्रकाशनमा मनोमानी भएको भन्दै अखिल क्रान्तिकारी कोहलपुर नगर समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै अखिल क्रान्तिकारीले कोहलपुर नगरपालिकाद्वारा सञ्चालन गरेको शैक्षिक सत्र २०८० को आधारभूत तहको वार्षिक परिक्षाको नतिजा प्रकाशन गर्दा गम्भिर प्रकृतिको मिलेमतो भएको भनी तथ्य सहित प्रकाशित समाचार प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

नगर सरकारले उक्त घटना ढाकछोप गर्न कर्मकाण्डि समिती बनाएको भन्दै संगठनले सर्वमान्य नयाँ समिती गठनको माग समेत गरेको छ । अखिल क्रान्तिकारी कोहलपुर नगर समितिका कार्यवाहक अध्यक्ष जनक शर्मा ‘विनोद’ र ईन्चार्ज मनोज बुढा क्षेत्रीद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा कोहलपुरको नतिजा प्रकाशन सम्बन्धि छानविन गर्न भनि नगर सरकारद्वारा गठन गरिएको छानविन समिति केवल अपराध ढाकछोप गर्ने उद्देश्यले गठन गरिएको ठहर गर्दै उक्त छानविन समितिका व्यक्तिहरुनै स्वयं यो विषयमा विवादित भएकाले गठित छानविन समितिप्रति सम्पूर्ण सरोकारवाला पक्षको विश्वशनियता गुमिसकेका उल्लेख गरीएको छ । साथै उक्त छानविन समितिलाई विगठन गरी शैक्षिक क्षेत्रको विज्ञ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सरोकारवाला संघ संस्था समेतको प्रतिनिधित्व हुने गरी नयाँ सर्वसम्मत छानविन समिति गठन गरी निश्पक्ष छानविनको माग समेत गरीएको छ ।

कुनै पनि बहानामा मुद्दाको सुनुवाईमा ढिला सुस्ति गरिएको खण्डमा अखिल क्रान्तिकारी कोहलपुर नगर समिति चरणबद्ध आन्दोलनको घोषणा गर्न बाध्य हुने विज्ञप्ति मार्फत चेतावनी समेत दिईएको छ । यसअघि अनेरास्ववियु बाँके र नेकपा एमाले कोहलपुर नगर कमिटिले समेत विज्ञप्ति जारी गर्दै घटनाको निश्पक्ष छानविन गर्न नयाँ छानविन समिति गठन हुनुपर्ने धारणा सार्वजनिक गरीसकेका छन ।

  • २७ चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech