२० बैशाख २०८१, बिहीबार

एमालेले बोलायो सचिवालय बैठक
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आइतबार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीबारे छलफल हुने बताए ।

उनले भने, ‘महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पेश गर्ने सांगठानिक र राजनीतिक प्रतिवदेनहरूको विषयमा बैठकमा छलफल हुन्छन् । त्यसबाहेक पछिल्ला समसामयिक विषयमा पनि सामान्य छलफल भइहाल्छन् ।’

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बैशाख ८ देखि १० गतेसम्म बस्दैछ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने परिषद् बैठकमा करिब २ हजार १५३ जना सहभागी हुनेछन् ।

  • ३० चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech