२४ बैशाख २०८१, सोमबार

आफ्नो कार्यकाल मिडियामैत्री हुने प्रहरी उपरिक्षक कार्कीको प्रतिबद्धता

बाँके प्रहरीद्धारा चालु आर्थिक वर्षको ८ महिनामा जघन्य प्रकृतिका ६४ मुद्दामा ५४ वटा मुद्दा किनारामा

  • न्युज मानसराेवर

नेपालगञ्ज : बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले आफ्नो कार्यकाल मिडियामैत्री हुने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक कार्कीले सो प्रतिबद्धता जनाएका हुन ।

उनले भने–‘ मेरो कार्यकाल मिडीया मैत्री बनाउने प्रतिबद्धता ब्यक्त गर्छु । प्रहरीसँग भएका सबै सूचना अनुसन्धानमा प्रभाव नपार्ने गरी उपलब्ध गराउने छु ।’ उनले सूचनाको सुरक्षा गर्न पत्रकारहरुलाई आग्रह समेत गरे । अपराध नियन्त्रणमा शुन्य सहनशिलता अवलम्बन गर्ने दृढता ब्यक्त गर्दै प्रहरी उपरिक्षक कार्कीले प्रहरी संगठनलाई पूर्ण व्यवसायिक बनाइने बताए ।

यसैबीच बाँके प्रहरीले चालु आर्थिक वर्षको ८ महिनामा जघन्य प्रकृतिका ६४ मुद्दामा ५४ वटा मुद्दाको किनारा लगाएको जनाएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले कर्तव्य ज्यान मुद्दामा ८ मुद्दा दर्ता भएकोमा ६ वटा किनारा लगाएको, मानव वेचविखन तथा ओसारपसारमा ९ मुद्दा दर्ता भएकोमा ८ वटा किनारा लगाएको , डाँका चोरीमा ५ मुद्दा दर्ता भएकोमा ३ किनारा लगाएको जानकारी दिए ।

त्यसैगरी बाँकेमा जबरजस्ती करणीमा ४२ मुद्दा दर्ता भएकोमा ३७ मुद्दा किनारा लगाएको साईबर अपराध सम्बन्धी उजुरीमा ९८ वटा मुद्दा दर्ता भएकोमा ७ वटा मुद्दा मात्र किनारा लगाएको छ भने ७८ वटा मुद्दा तालुक कार्यालयमा पठाइएको छ ।

जिल्लामा चैत्र मसान्तसम्ममा १ हजार ८६ मुद्दा दर्ता भएकोमा सोही अवधिमा अनुसन्धानका लागि ५ हजार ८१ जनालाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक डाँगीले बताए । प्रहरीले फैसला कायान्यन तर्फ २ सय ३२ जनालाई पक्राउ गरि अदालतमा बुझाएको र २३ लाख ४७ हजार जरिवाना असुल गरेको प्रहरीले जनाएको छ । सो अवसरमा उपस्थित पत्रकारहरुले प्रहरीलाई व्यवसायिक बन्न र समयमा सूचना उपलब्ध गराउन आग्रह गरेका थिए ।

  • २ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech