२० बैशाख २०८१, बिहीबार

२३ स्वर्ण पदक सहित प्रदेश रनिङ्ग शिल्डमा बाँकेको कब्जा

प्रभात मावि र तक्षशिला एकेडमीका खेलाडि परे राष्ट्रिय प्रतियोगितामा छनौटमा

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:१४ औ लुम्बीनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा २३ स्वर्ण पदक सहित बाँके जिल्ला प्रथम भएको छ । एथ्लेटिक्स १२, उसु ६, तेक्वान्दो ३, कराते २ सहित जम्मा २३ स्वर्ण पदक हासिल गरेर बाँके जिल्ला प्रथम भएको हो ।  बाँकेले लगातार तीन पटक उपाधि जित्दै शिल्ड कब्जा गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिप जंग शाहले बताए ।

कोहलपुरमा रहेको तक्षशिला एकेडेमी कोहलपुर बाँकेमा कक्षा ११ मा अध्ययनरत छात्र मिलन विश्वकर्मा हाइजम्पमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय खेलका लागि प्रदेशबाट छनोट भएका छन । यसै गरि प्रभात नमुना मावि अरनिकोनगर जि गाँउमा अध्यनरत छात्र प्रेम रम्तेल करातेमा र मनोज बि.क. २०० मिटर दौडमा लुम्बिनी प्रदेशमा स्वर्ण पदक प्राप्त गरि राष्ट्रिय प्रतियोगितामा छनौट भएका छन । अन्य विवरण भने प्राप्त हुन सकेको छैन ।

 

  • ३ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech