१७ बैशाख २०८१, सोमबार

नेपालगन्जबाट मानसरोवर दर्शन गर्नेहरु बढे ह्वात्तै
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:कैलाश मानसरोवर दूरदर्शनको आकर्षणले भारतीय पर्यटक नेपालगन्ज आउने क्रम ह्वात्तै बढेको छ । नेपालगन्जबाट कैलाश मानसरोवरका लागि सुरु गरिएको माउण्टेन फ्लाइटको प्रचारप्रसार बढ्दै जाँदा भारतीय पर्यटकहरू आउने क्रम बढेको हो ।

‘मंगलबार मात्रै २ सय ५० बढी भारतीय दर्शनार्थीहरू कैलाश मानसरोवरको दूरदर्शनका लागि नेपालगन्ज पुग्दै हुनुहुन्छ’, हान बाँकेका उपाध्यक्ष केशव न्यौपानेले आफ्नो होटल सिद्धार्थमा मात्रै १ सय ५० भारतीय पर्यटकहरूका लागि कोठा सुनिश्चित भएको जानकारी दिंदै भने । न्यौपानेका अनुसार, नेपालगन्जका अन्य होटलहरूमा पनि सय बढी भारतीय पर्यटक पुग्दैछन् ।

‘तारे होटलका लागि भारतीय पर्यटक यतिबेला कैलाश मानसरोवर दर्शनका कारण भरिभराउ हुने अवस्था सिर्जना हुँदैछ’, हान बाँकेका उपाध्यक्ष न्यौपानेले दैनिक नेपालगन्जसँग भने, ‘चैते दशैं, रामनवमी लगायतका पर्व मात्रै होइन यसको आकर्षणले पर्यटक निरन्तर आउने सम्भावना देखाएको छ ।’

  • ४ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech