१७ बैशाख २०८१, सोमबार

नेपालगञ्जमा ई रिक्सा चालकलाई सवारी चालक परिचयपत्र वितरण
  • न्युज मानसराेवर

नेपालगन्ज :नेपालगन्ज उपमहानगरपालिकाले ई रिक्सा चालकहरुलाई सवारी चालक परिचयपत्र वितरण सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले सुरुआतमा १ सय १७ जनालाई चालक परिचयपत्र वितरण गर्नु भएको छ ।

नेपालगन्जमा ई रिक्सा व्यवस्थापन गर्नको लागि नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय ई रिक्सा चालकहरुलाई परिचयपत्र, विमा र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ ।

नेपाल ई रिक्सा व्यवस्थापन समिति प्रालिले व्यवस्थापनमा ई रिक्सा व्यवस्थापनको काम गरिरहेको छ ।  नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले ई रिक्सा चालकहरुको सुरक्षाको लागि परिचयपत्र सहित स्वास्थ्य विमा गर्ने योजना अगाडी बढाईरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, नेपालगन्जमा ई रिक्साहरुको व्यवस्थापन गर्न जरुरी छ । ई रिक्सा चालकहरुले नेपालको कानुन अनुसार सुरक्षित भएर काम गर्ने वातावरण पाउनु पर्छ । उहाँहरुको पेसाको सुरक्षाको लागि, यात्रीहरुको सुरक्षाको लागि हामीले कार्यविधि बनाएर काम गरिरहेका छौं । यसमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।

नेपालगन्ज उपमहानगरपालिकाले वितरण गरेको चालक अनुमतिपत्रले नेपालगन्जका ई रिक्सा व्यवस्थापनमा सहयोग पुग्ने प्रमुख विष्टले बताउनु भयो । नेपाल ई रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमार सिंह ठकुरीले ई रिक्सा चालकहरुलाई विज्ञहरुबाट ट्राफिक नियम तथा बिमाहरुको बारेमा अभिमुखिकरण गर्दै चालक परिचय पत्र वितरण गरिने बताउनु भयो ।

मंगलबार नेपालगन्ज उपमहानगरपालिकामा भएको कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका इन्र्चाज वरिष्ट सई प्रविण आर्चायले ई रिक्सा चालकहरुलाई ट्राफिक नियमहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

  • ४ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech