१८ बैशाख २०८१, मंगलवार

सल्यानमा बस दुर्घटना १४ घाइते ४ जनाको अवस्था गम्भीर
  • न्युज मानसराेवर

सल्यान:सल्यानमा बस दुर्घटनामा १४ जना घाइते भएका छन् । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा भएको बस दुर्घटनामा १४ जना घाइते भएका हुन् । दुर्घटना चालकसहित १४ जना घाइते भएका र उनीहरूलाई स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय थारमारेले जानकारी दिएको छ । अहिले घटनास्थलमा प्रहरी निरीक्षक नवीन थापाको कमान्डमा उद्धार कार्य भइरहेको समेत प्रहरीले जनाएको छ । ४ जनाको अवस्था गम्भीर रहेको छ ।

बस पल्टिएर सडकभन्दा तल खसेको छ । रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गर्दा दुर्घटनामा परेको हो । बस दाङको तुलसीपुर उपमहानगरपालिका बस्ने ३८ वर्षीय पूर्ण रानाले चलाएको प्रहरीको भनाई छ

  • ५ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech