१८ बैशाख २०८१, मंगलवार

भारत र नेपालका हजारौ भक्तजनको विश्वास वागेश्वरी माताप्रति, जिव्रो छेडदै भारतियहरु
  • न्युज मानसराेवर

नेपालगन्ज, बाँके: चैते दसैं (रामनवमी) को पूजा आर्चना गर्न र जिव्रो छेड्न नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा भक्तजन आएका छन् । भारतको लखनउ, दिल्ली, बहराईच लागयतका स्थानबाट हजारौ भक्तजन आउने गरेका हुन । त्यस्तै बाँके, बर्दिया, कञ्चनपुर, कैलाली लगायतका जिल्लाबाट भक्तजन आउने गर्छन  ।

‘वागेश्वरी माताको प्रवित्रस्थल नेपालगन्जबाहेक अन्यत्र छैन । त्यसैले भारतबाट पनि पूजा गर्न हामी यहाँ आउने गरेका छौ“,’ चैते दसैंमा पूजा गर्न आएका सिताराम यदाब भन्छ्न,‘भारतीय भक्तजनमा पनि वागेश्वरी मन्दिरप्रति निकै ठूलो श्रद्धा छ ।’ उनले हजारौ भक्तजन वागेश्वरी माताको पूजा गर्न नेपालगन्ज आउने गरेको बताए । भारतबाट पनि जिब्रो छेड्न भक्तजन आउने गरेको रामसुन्दरले बताए । जिब्रो छेडाउनले वागेश्वरी माताबाट दैबी शक्ति प्राप्त हुने र बिद्यासिद्धि हुने उनीहरुको विश्वास छ । मधेसी समुदायमा गुरुवा, धामी हुन चाहने व्यक्ति जिब्रो छेडाउने परम्परा छ ।

भारत बरेलीका आमेश्वर यादव पनि वागेश्वरी माताको पूजा गर्न यहाँ आएका छन् । उनले जिब्रो छड्न आउने गरेको बताए । ‘मन्त्र सिद्धीका लागि रामनवमीका दिन यहाँ आउँछु,’ उनले भने । अष्टमीका दिन वागेश्वरी मातालाई बली दिइएको छ । नवमीका दिन मंगलबार बिहानै जिव्रो छेड्ने चलन छ ।  ५ सय बढी बोका, कुखुराको बली चढाइएका छन् । भकाल पूरा भएको भन्दै भक्तजनले बली दिने गरेको वागेश्वरी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

चैते दसैंमा भकाल गर्न यहाँ आउने भक्तजनको ओइरो लाग्छ । भारत बहराईचका रामसुन्दर काँदुले हरेक वर्षको रामनवमीमा पूजा गर्न यहाँ आउने गरेको बताए । भक्तजन आउने क्रम जारी छ । । तलाउको बीचमा निर्माण गरिएको जुङ्गे महादेवको मुर्तीले भक्तजनलाई आकर्षित गर्छ । जुङ्गा भएको महादेवको मुर्ति अन्यत्र कही नरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पूजाका लागि वागेश्वरी मन्दिर गुठीले सुरक्षा व्यवस्था मिलाएको छ । महिला र पुरुषका लागि दुई लाईनमा उभिने लाईन बनाएको छ । पुजाका लागि आएका भक्तजनहरु मुल ढोकाबाट मन्दिर प्रवेशका लागि तछाडमझाड हुने गरेको छ ।

भीडलाइ नियन्त्रण गर्न प्रहरी परिचालित गरिएका छन् । भीडका कारण सयौं भक्तजनले मुल मन्दिरमा पुजा गर्न नपाएको गुनासो गर्दै आएका छन् । मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीले वागेश्वरी मन्दिर हिन्दु धर्मालम्बीहरुका लागि मुलुककै प्रवित्रस्थल मध्ये मै पर्ने बताए । उनले भारत र नेपालका हजारौ भक्तजनको विश्वास वागेश्वरी माताप्रति रहेको बताए । ‘प्रमुख शक्तिपीठ मध्ये वागेश्वरी पनि हो,’ उनले भने ।

  • ५ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech