१९ बैशाख २०८१, बुधबार

कन्याको संख्या कम भएपछि भर्ना अभियानलाई प्रभावकारी वनाउदै जानकीको कन्या आवि

विद्यालयले शिक्षामा सुधारका साथै विद्यार्थीको सुरक्षाको लागि विभिन्न सुविधा समेत बढाउँदै

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:बाँकेको जानकी गाउँपालिका वडा नम्वर ३ मानपुरस्थित श्री कन्या आधारभूत विद्यालयले शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन सुरु गरेको छ । विद्यार्थी तथा अभिभावकको सरकारी विद्यालयमा आकर्षण घट्दै गएपछि विद्यार्थीको संख्या न्यून बन्दै गएको छ । तर, जानकी गाउँपालिका वडा नम्वर ३ मानपुरस्थित श्री कन्या आधारभूत विद्यालयले शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन घरदैलो लगायत विभिन्न कार्यक्रम सुरु गरेको हो ।

विद्यालयले शैक्षिक सुधारदेखि अभिभावकको मन जित्न सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ बैशाख २ गतेदेखि घरदैलो सुरु गरेको हो । विद्यालयले विद्यार्थी अभिभावक भेला गरी सुझाब संकलन समेत थालेको छ । अभियानमा विद्यालयका शिक्षकसहित गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, वडा नम्वर ५ का वडा अध्यक्ष टिकानाथ यादव, वडा नम्वर ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन, सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, कार्यपालिका सदस्य कान्ती काँदु लगायत सहभागी भएका छन् ।

सबैसँग सरसल्लाह गरी घरदैलो कार्यक्रम एकदमै चुस्तदुरुस्त तरिकाले अगाडी वढाइएको विद्यालयकी प्रधानाध्यापक मालती शाही बताउँछिन् । साथै छात्राहरुको लागि मात्र बाल विकासदेखि कक्षा ७ सम्मको भर्ना अभियान सुरु गरेको शाहीको भनाई छ । पढ्नको लागि कन्या आधारभूत विद्यालयमा सबै सेवा सुविधा राम्रो हुनुका साथै छात्राहरुको लागि सुरक्षित पनि रहेको कक्षा ७ मा पढ्दै गरेकी छात्रा जयन्ती धोवी बताउँछिन् ।

मधेशी र मुस्लिम समुदायमा विशेष गरी शिक्षामा छोरीहरु पछाडि परेको भन्दै छोरीहरुलाई मात्र शिक्षा प्रदान गर्नका लागि र विद्यालयमा छात्राहरुको आकर्षण बढाउन कन्या विद्यालय सञ्चालन गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए । साथै छात्राहरुको लागि घरबाट ल्याउन लैजाल गाउँपालिकाको वजेटबाट नै बसको सुविधा पनि दिएको उनको भनाई छ ।

विद्यालयले पछिल्लो समय शैक्षिक सुधारका लागि सक्रियता देखाएको विद्यार्थीको बुझाई छ । विद्यालयले शिक्षामा सुधारका साथै विद्यार्थीको सुरक्षाको लागि विभिन्न सुविधा समेत बढाउँदै लगेको छ ।

  • ६ बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech