२० बैशाख २०८१, बिहीबार

औलोबाट जोगाउन डुडुवाले बाँड्यो किटनाशक झुल
  • न्युज मानसराेवर

बाँके (डुडुवा) : डुडुवा गाउँपालिकाका स्थानीयलाई किटनाशक झुल वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा औलो रोगको बढी जोखिम रहेकाले स्थानीयलाई निःशुल्क झुल वितरण गरिएको हो ।

वडा नम्बर ४ अन्तरगत करिव एक हजार दुई सय घरधुरीलाई तीन हजार पाँच सय ९९ किटनाशकयुक्त झुल वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । शाखा प्रमुख शर्माका अनुसार गाउँपालिकाको वडा नम्बर ४ मा केही दिन अघि दुई जनामा औलो रोग पुष्टि भएपछि उच्च सर्तकताका साथ स्वास्थ्य शिक्षासँगै सावधानीका लागि झुल वितरण गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष शाहिदा बानो र वडाध्यक्ष सगिर खाँले स्थानीयलाई झुल वितरण गर्दै स्वास्थ्य जस्तो अति सम्वेदनशिल विषय भएकाले रोगबाट बच्न विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिदै स्वास्थ्य सरसफाईमा ध्यान दिन आग्रह गरे ।

  • ७ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • Nabintech