२६ बैशाख २०८१, बुधबार

लुम्बिनीका कृषि मन्त्री अहिरले दिए राजीनामा
  • न्युज मानसराेवर

नेपालगन्ज : लुम्बिनी सरकारका कृषि तथा भूमी व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् । जनता समावादी पार्टी (जसपा) लुम्बिनी संसदीय दलका नेता समेत रहेका मन्त्री अहिरले लुम्बिनीको मन्त्रीबाट राजीनामा दिएका हुन् ।जसपालाई पूर्व निर्धारित सम्झौता अनुसार दुई मन्त्रालय दिने सहमतिको मुख्यमन्त्री जोखबहादुर महराले उल्लंघन गरेपछि मन्त्री अहिर सरकारबाट बाहिरिएको लुम्बिनी जसपा अध्यक्ष अशोक यादवले जानकारी दिएका छन् । साथै गठबन्धन दलहरुलाई नैतिकताको पाठ समेत सिकाउनका लागि मन्त्री पदबाट अहिरले राजीनामा दिएको अध्यक्ष यादवले बताए ।

राजीनामा दिँदै अहिरले मुख्यमन्त्री महरा लगायत नेकपा एमाले र माओवादी केन्द्रले सहमति कार्यान्वयन नगरेको हुँदा आफू सरकारबाट बाहिरिएको बताए । उनले भने- ‘सरकारबाट आफू बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै रहेको छ ।’ गत चैत २५ गते बिना विभागीय मन्त्री नियुक्त भएका बाँकेका अहिरले राजीनामा दिएको पत्र प्रदेशसभामा पठाइसकेको अध्यक्ष यादवले बताए ।

  • ९ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech